Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

अभिषेकको ‘चुरीफुरी’ सकियो

फिल्मीखबर, काठमाण्डौ, 2021/02/22
 
ऋषिराज आचार्यको निर्माण र निर्देशन रहेको कमेडी फिल्म ‘चुरीफुरी’ को सम्पूर्ण छायांकन सकिएको छ । गएको पुष अन्तिमबाट छायांकन थालिएको फिल्मको करीब ४३ दिनमा ‘इन्डक्ल्याप’ भएको हो । यो फिल्मबाट अभिनेता अनमोल केसीको डुब्लिकेटका रुपमा चर्चामा आएका अभिषेक श्रेष्ठले नायकको रुपमा डेब्यू गर्दैछन् । फिल्ममा उनको अपोजिटमा पूजा पन्त देखिँदैछिन् ।
 
आरबी मुभीजको ब्यानरमा निर्माण भएको फिल्ममा रविन्द्र झा, राजिबजंग बस्नेत, सोना बज्राचार्य, रिन्जिन गुरुङ, शिशिर भण्डारी, दीपक आचार्य (काकु), सुबोध गौतम (एदुमे), पवन खतिवडा (म्याकुरी), सुरवीर पण्डित, ऋतु आचार्य, सुनीता श्रेष्ठ, राजेन्द्र खाती, महेश्वर आचार्य, लक्ष्मी ढकाल (जोया), कमल सिंह, सरिस्मा मगर, अस्मिता बस्नेत लगायतका कलाकारहरुको पनि अभिनय छ । 
 
फिल्मलाई राहुल राईले खिचेका हुन् । निर्देशक आचार्यकै लेखन रहेको फिल्मको निर्मातामा रिना ढकाल छिन् । त्यस्तै, सह-निर्मातामा बिमला भुसाल, राजेन्द्र खाती र शिब थापा छन् । दीपक शर्माको संगीत रहेको फिल्मका गीतहरुमा समीर आचार्य, विश्व नेपाली र बेनिशा पौडेलको स्वर छ । भिमफेदी ग्रुपले कोरियोग्राफी गरेको फिल्मको कला निर्देशकमा बिजय आचार्य रहेका छन् ।
 
कथाको मागअनुरुप नै फिल्ममा नयाँ तथा हाँस्य व्यंग्य क्षेत्रका कलाकारको बाहुल्यता रहेको निर्देशक आचार्यले बताए । छायांकन सकिएसँगै फिल्मको सम्पादन नवीन निरौलाले गरिरहेका छन् । फिल्मको प्रदर्शन मिति केही दिनमा घोषणा गर्ने तयारीमा निर्माण टिम छ । एक दर्जन बढी म्यूजिक भिडियोमा काम गरिसकेका अभिषेक ‘चुरीफुरी’ लाई लिएर निकै उत्साहित देखिएका छन् ।
Most Visited News (monthly)