Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

कालिञ्चोकमा रोमान्टिक बने पुष्प र वर्षा

फिल्मीखबर, काठमाण्डौ, 2021/02/22
 
आउँदो नयाँ वर्ष २०७८ को छेको पारेर चैत २७ गतेबाट प्रदर्शनमा आउन लागेको अभिनेता पुष्प खड्का र अभिनेत्री वर्षा सिवाकोटी अभिनीत फिल्म ‘मनसँग मन’ को सम्पूर्ण छायांकन सकिएको छ । कालिञ्चोकमा एक रोमान्टिक गीत खिच्दै फिल्मको छायांकन सकिएको निर्माण टिमले जानकारी दिएको छ । ‘सही दिउँला तिम्रो लागि’ बोलको गीत कालिञ्चोकमा खिचिएको हो ।
 
गीतमा सौरभ लामाको छायांकन, रामजी लामिछानेको कोरियोग्राफी, अर्जुन पोखरेलको संगीत, मुकेश उदासको शब्द, रोशन हिङ्गमाङ्ग र अस्मिता अधिकारीको स्वर छ । कालिञ्चोकमा छायांकन गरिएको गीतमा पुष्प र वर्षा रोमान्टिक बनेका छन् । कैलाश राइको निर्देशन गरेको फिल्ममा अर्जुन जीसीको सम्पादन र सन्तोष खवासको एक्सन छ । अरुण तामाङ फिल्मका निर्माता हुन् ।
 
लकडाउनभन्दा अगाडि फिल्मको गीत बाहेकका दृश्य दार्जिलिङमा खिचिएको थियो । लकडाउनपछि निर्माण टिमले फिल्ममा समावेश ‘मेरो त भाग्य’ बोलको गीत खिच्यो, जुन यूट्युबमा रिलिज भइसकेको छ । फिल्ममा बुद्धि तामाङ, रविन्द्र झा, चाँदनी प्रधान, महेन्द्र बागदास, शन्ते दालगायतको पनि अभिनय छ । फिल्मको कथा र पटकथा निर्देशक राईले तयार पारेका हुन् ।
Most Visited News (monthly)