.jpg)
अभिनेत्री कंगना रनोट र अभिनेता आर माधवन अभिनीत सुपरहिट फिल्म ‘तनु वेड्स मनु’ रिलिजको १० वर्ष पूरा भएको छ । आनन्द एल रायको निर्देशनमा बनेको फिल्म २५ फेब्रअरी २०११ मा रिलिज भएको थियो । कंगनाले योे फिल्मले आफ्नो करिअरको दिशा बदल्न ठूलो मद्दत गरेको र स्वर्गीय अभिनेत्री श्रीदेवीपछि फिल्ममा कमेडी गर्ने आफू एकमात्र अभिनेत्री रहेको बताएकी छन् ।
कंगनाले ट्विटरमा लेखेकी छन्, ‘म डरलाग्दो र विक्षिप्त भूमिकामा फसेको थिएँ । यो फिल्मले मेरो करिअरको दिशा नै बदल्यो । यसले मलाई कमेडीसँगै मेनस्ट्रिम फिल्ममा इन्ट्री दियो । क्विन र दत्तोसँग मैले आफ्नो कमिक टाइमिङ मजबूत गरेँ र श्रीदेवीजीपछि कमेडी गर्ने म एकमात्र अभिनेत्री बनेँ ।’ उनले निर्देशक आनन्द एल राय र राइटर हिमांशु शर्मालाई धन्यवाद पनि दिएकी छन् ।
‘जब स्ट्रगलिङ मेकरको रुपमा आनन्द र हिमांशु मसँग यो फ्रेन्चाइज लिएर आए र तब मैले सोचेँ कि म उनीहरुको करिअर बनाउन सक्छु । कसैले भन्न सक्दैन कि कुन फिल्म चल्छ र कुन फिल्म चल्दैन । सबै किस्मतको कुरा हो । खुसी छु कि मेरो किस्मत तपाईंहरु हो,’ उनले लेखेकी छन् । ३६ करोड ८६ लाख कमाउँदै ‘तनु वेड्स मनु’ बक्सअफिसमा सुपरहिट भएको थियो ।

