Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 1.00/5.00)
Text size:-
+
-

अक्षयले छाडे सय करोड पारिश्रमिक लिएको फिल्म

एजेन्सी, मुम्बई, 2021/02/28
 
कोरोनाका कारण भएको ९ महिना लामो लकडाउनपछि बलिउडमा आक्रामक रुपमा काम भइरहेको छ । र, सबैभन्दा तीव्र गतिमा अभिनेता अक्षय कुमारले काम गरिरहेका छन् । उनले आफ्ना पुराना प्रोजेक्टको छायांकन पूरा गरिरहेका छन् भने नयाँ फिल्म पनि साइन गरिरहेका छन् । अहिले उनीसँग यति धेरै प्रोजेक्ट छ कि साइन गरेको फिल्म समेत छाड्नु पर्ने अवस्था छ । 
 
बलिउड हंगामाको एक रिपोर्ट अनुसार, उनले निर्देशक मुदस्सर अजीजको फिल्म छाडेका छन् । ज्याकी भगनानीले निर्माण गर्ने फिल्मका लागि अक्षयले सय करोड पारिश्रमिक बुझेका थिए । तर, समय अभावका कारण उनले फिल्म छाड्न बाध्य भएका हुन् । उनले फिल्मबाट हात झिकेपछि निर्माण टिमले अभिनेता राजकुमार रावलाई अनुबन्ध गरेको भारतीय मिडियाले बताएका छन् ।
 
अक्षय कुमारले फिल्म छाडेको यो पहिलो पटक भने होइन । उनले छाडेका केही फिल्म सुपरहिट पनि भएका छन् । ‘बाजिगर फूल और कांटे, रेस, भाग् मिक्का भाग्’ जस्ता फिल्म उनलाई अफर भएको थियो । तर, विभिन्न कारणले उनले काम गरेनन् । एक समय लगातार १४ वटा फिल्म फ्लप भएपछि करिअर सकिएको ठानेका उनलाई अहिले बक्सअफिसका हिट मेशिन भन्ने गरिन्छ ।
Most Visited News (monthly)