Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘आमा’ निर्देशकको ‘चिसो मान्छे’ फ्लोरमा

फिल्मीखबर, काठमाडौं, 2021/03/01
 
‘पशुपति प्रसाद, आमा’ जस्तो सफल फिल्म दिएका दीपेन्द्र के. खनालको निर्देशनमा बन्न लागेको फिल्म ‘चिसो मान्छे’ को सोमवारबाट छायांकन सुरु भएको छ । ललितपुरको महालक्ष्मीस्थान मन्दिरमा मुहूर्त गर्दै फिल्मको छायांकन थालिएको हो । मुहूर्तपछि अभिनेता अर्पण थापाको दृश्य ग्वार्कोका सडकमा खिचिएको छ । काठमाडौंमा चार दिन फिल्मको छायांकन हुनेछ ।
 
काठमाडौंदेखि बाजुरासम्म खिचिने फिल्मको निर्माता शर्मिला पाण्डे हुन् । निर्देशक खनालसँग उनको यो चौथो सहकार्य हो । यसअघि ‘लभ लभ लभ, चंगा चेट र आमा’ मा उनीहरुको टिमअप भएको थियो । फिल्ममा स्वस्तिमा खड्का, देशभक्त खनाल, आशान्त शर्मा, झकेन वीसीको पनि अभिनय रहनेछ । फिल्ममा स्वस्तिमा बाजुराकी विवाहित महिलाको भूमिकामा देखिँदैछिन् ।
 
मुहूर्त समारोहमा खनालले भने- ‘हामीले फिल्मलाई काठमाडौंदेखि बाजुरासम्मका विभिन्न लोकेशनमा खिच्नेछौ । फिल्मको छायांकन यति नै दिनमा सकिन्छ भन्न सकिने अवस्था छैन ।’ ‘आमा’ लाई पानीमा मात्र खिचेका उनले ‘चिसो मान्छे’ लाई घाममा नखिच्ने बताएका छन् । फिल्मलाई उनी आफैंले खिचिरहेका छन् । ‘आमा र धनपति’ मा पनि उनी छायाँकारको रुपमा थिए । 
 
लकडाउनको समयमा मलेशियाबाट आएको लास काठमाडौंबाट बाजुरासम्म पुर्‍याउँदाको कथा फिल्मले वाचन गर्नेछन् । फिल्मलाई भदौको ११ गतेबाट रिलिज गर्ने तयारीमा यसको निर्माण पक्ष छ । बाजुरा रैनाथे महिलाको भूमिका निर्वाह गर्न लागेका कारण स्वस्तिमाले लामो समय यस ठाउँमा बोलिने भाषा सिकेकी थिइन् । निर्माण टिमले वर्कसप समेत बाजुरै पुगेर गरेको थियो । 
Most Visited News (monthly)