Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

बैशाख १७ मा अक्षयको ‘सूर्यवंशी’

एजेन्सी, मुम्बई, 2021/03/14
 
अभिनेता अक्षय कुमार र अभिनेत्री कैटरीना कैफ स्टारर कप ड्रामा ‘सूर्यवंशी’ को प्रदर्शन मिति घोषणा गरिएको छ । रोहित सेट्टीले आइतवार आफ्नो ४८औं जन्मदिनको अवसर पारेर ३० अप्रिल (बैशाख १७) लाई फिल्मको रिलिज घोषणा गरेका हुन् । यो फिल्म २०२० को मार्च २४ मा रिलिज हुँदै थियो । तर, कोरोनाका कारण अन्तिम समयमा फिल्मको प्रदर्शन मिति स्थगन गरिएको थियो ।
 
फिल्मको प्रदर्शन मिति घोषणा गर्दै रोहितले लेखेका छन्, ‘प्रिय दर्शक र मेरा स्टारका फ्यान क्लब । म जान्दछु कि तपाईंहरुले पूरै एक वर्ष ‘सूर्यवंशी’ को रिलिजको प्रतिक्षा गर्नुभयो र हाम्रो लागि योभन्दा ठूलो खुसी हुन सक्दैन कि हाम्रो फिल्म ३० अप्रिल २०२१ मा सिनेमा घरमा रिलिज हुँदैछ ।’ १० अप्रिलबाट प्रमोशन सुरु हुने फिल्मको गत वर्ष नै धमाकेदार ट्रेलर सार्वजनिक भएको थियो ।
 
‘सूर्यवंशी’ रोहित सेट्टीको कप सिरिजको चौथो फिल्म हो । फिल्ममा अक्षय र कैटरीनासँगै अजय देवगन र रणवीर सिंह पनि देखिँदैछन् । यो फिल्मको नेपालमा पनि प्रतिक्षा भइरहेको छ । महिनौंदेखि सुनसान रहेका सिनेमा हलमा ‘सूर्यवंशी’ ले दर्शक तान्ने अपेक्षा गरिएको छ । त्यस्तै, निर्माताहरु पनि यो फिल्मले कस्तो माहोल बनाउँछ त्यो हेरेर फिल्म प्रदर्शन गर्ने तयारीमा छन् ।
Most Visited News (monthly)