Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

वर्षाको ‘ए साथी सुन’ र प्रमोदको ‘ए’ फ्लोरमा

फिल्मीखबर, काठमाडौं, 2021/03/17
 
कोरोना महामारीका कारण करीब ९ महिना फिल्म क्षेत्रले वनबास भोग्यो । यो समयमा फिल्म निर्माण र प्रदर्शन ठप्प हुँदा फिल्म क्षेत्रले अर्बौं घाटा बेहोर्‍यो । सरकारले फिल्म क्षेत्रमाथि लगाएको प्रतिबन्ध फुकुवा गरेपछि भने फिल्म निर्माणले गति लिन थालेको छ । दशैंयता एक दर्जन बढी फिल्मको छायांकन पूरा भइसकेको छ भने अहिले दिनहुँ नयाँ फिल्म छायांकनमा निस्किरहेका छन् । 
 
यसबीच, मंगलवारबाट एकसाथ दुई फिल्मको छायांकन सुरु भएको छ । अभिनेत्री वर्षा सिवाकोटीको मुख्य भूमिका रहने फिल्म ‘ए साथी सुन’ को हेटौंडाबाट छायांकन सुरु भएको हो भने अभिनेता प्रमोद अग्रहरी र अभिनेत्र छुल्ठिम गुरुङको अभिनय रहने फिल्म ‘ए’ को सूर्यविनायक मन्दिरमा शुभमुहूर्त गर्दै छायांकन सुरु गरिएको हो । दुवै फिल्म सस्पेन्स थ्रिलर कथामा निर्माण हुनेछ ।
 
राघव आचार्यको निर्देशनमा तयार हुने ‘ए साथी सुन’ बाट रमेश बाँनियाले नायकमा डेब्यू गर्दैछन् । विना कार्की निर्माता रहेको फिल्मको छायाँकार मानकृष्ण महर्जन हुन् । ‘कालिपुरुष’ नाममा पोस्ट प्रोडक्सनको काम भएको फिल्मको छायांकनमा निस्कने समयमा नाम परिवर्तन गरिएको हो । कथावस्तु र आफ्नो भूमिका मन परेका कारण फिल्ममा आबद्ध भएको वर्षाले बताएकी छन् ।
 
 
त्यस्तै, ‘ए’ का निर्देशक भोमन कटुवाल हुन् । फिल्ममा सोहित मानन्धर, रिश्ता बस्नेत, रवि गिरी, प्रविन खतिवडा, सि.एम भारद्वाज, विकेश प्रजापति, सुरज विष्ट, समिक्षा क्षेत्री लगायतका कलाकारहरुको पनि अभिनय रहनेछ । मोहन कुमार झिल्लुले खिचिरहेको फिल्मका निर्मातामा प्रलाद काफ्ले छन् । जासुसी पात्रको रुपमा देखिन लागेका प्रमोद फिल्ममा भिन्न गेटअपमा प्रस्तुत हुँदैछन् । 
Most Visited News (monthly)