Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

सुरेन्द्रको फिल्ममा धिरज भित्रिएका हुन् ?

फिल्मीखबर, काठमाडौं, 2021/03/17
 
अभिनेता अनमोल केसी अभिनीत फिल्म ‘कृ’ को निर्देशन गरेका सुरेन्द्र पौडेल अहिले नयाँ फिल्मको तयारीमा छन् । कोरोना महामारी नभएको हुन्थ्यो भने यतिबेलासम्म अनटाइटल प्रोजेक्टको छायांकन नै पूरा भइसकेको हुने थियो । तर, कलाकारहरु छायांकनका लागि वर्कसपमा व्यस्त भइरहँदा देश लकडाउन भयो । यसपछि निर्माण टिमले छायांकन पोस्टपोन्ड गरेको थियो ।
 
अब यही चैत अन्तिम साताबाट निर्देशक पौडेल फिल्मको छायांकन सुरु गर्ने योजनामा रहेका छन् । तर, छायांकन सुरु नहुँदै फिल्मका मुख्य नायक परिवर्तन भएको खबर बाहिरिएको छ । गायक नितेशजंग कुँवरलाई मुख्य नायक र ‘कृ’ अभिनेत्री अदिती बुढाथोकीलाई मुख्य नायिकामा अनुबन्ध गर्दै फिल्मको वर्कसप सुरु भएको थियो । अब नितेशले फिल्मबाट हात झिकेको चर्चा छ ।
 
पारिवारिक कारणले उनले फिल्म गर्न नसक्ने भएपछि सुरेन्द्रले ‘इन्टु मिन्टु लण्डनमा’ फेम्ड अभिनेता धिरज मगरलाई अनुबन्ध गरेको जानकारी प्राप्त छ । गएको शनिवार नेफ्टा अवार्डमा पनि धिरजले आफूले नयाँ फिल्म साइन गरेको बताएका थिए । तर, उनले कसको फिल्म भनेर खुलाएका थिएनन् । उनले साइन गरेको नयाँ फिल्म सुरेन्द्रकै रहेको विश्वस्त स्रोतले बताएको छ ।
 
तर, निर्देशक पौडैलले फिल्मबाट नितेश बाहिरिएको र धिरज भित्रिएको विषयमा बोल्न चाहेनन् । यसबारेमा कुनै टुंगो नभएको उनको भनाई छ । केही दिनमा फिल्मको घोषणा हुने र त्यही सम्पूर्ण कुराको जानकारी गराइने उनले बताए । फिल्ममा अभिनेत्री तृप्ती नाडकरका छोरा धिरज टोटलानीले पनि अभिनय गर्दैछन् । धिरज र अदिती केही दिनमा मुम्बईबाट नेपाल आउँदैछन् ।
Most Visited News (monthly)