Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘ए मेरो हजुर ४’ सँग जुध्ने भयो ‘सम्हालिन्छ कहिले मन’

फिल्मीखबर, काठमाडौं, 2021/03/17
 
आउँदो तीजमा नेपाली फिल्मबीच महासंग्राम हुने सम्भावना देखिएको छ । तीजलाई लक्षित गर्दै नारी दिवसको अवसरमा अभिनेता अनमोल केसी र अभिनेत्री सुहाना थापा स्टारर फिल्म ‘ए मेरो हजुर ४’ ले भदौ १८ गतेलाई प्रदर्शन मिति घोषणा गरेको थियो । यो मितिमा अभिनेता धिरज मगर र अभिनेत्री जसिता गुरुङ स्टारर फिल्म ‘आइ एम ट्वान्टिवान’ पनि प्रदर्शनमा आउने चर्चा छ । 
 
अब यही मितिमा अर्को फिल्म ‘सम्हालिन्छ कहिले मन’ प्रदर्शन हुने पक्का भएको छ । दुबईमा एक हप्ता लामो छायांकनपछि निर्माण टिमले मंगलवार भदौ १८ गतेलाई प्रदर्शन मिति घोषणा गरेको हो । यो फिल्म गत वर्षको तीजमा नै प्रदर्शनमा आउने तयारीमा थियो । तर, विभिन्न कारणले पोस्टपोन्ड भएको फिल्मलाई अब आउँदो तीजको छेकोमा प्रदर्शन गर्न लागिएको हो ।
 
सुदर्शन थापा निर्देशित फिल्मको दुई वर्ष अगाडि बेलायतमा छायांकन भएको थियो । यसपछि नेपालका विभिन्न स्थानमा खिचिएको फिल्मको केही प्रतिशत छायांकन दुबईमा गरिएको छ । दुबईमा छायांकनसँगै फिल्मको सुटिङ प्याकअप भएको छ । अभिनेत्री पूजा शर्मा, अभिनेता आकाश श्रेष्ठको मुख्य भूमिका रहेको यो फिल्मबाट सोनम तोप्देनले अभिनेताको रुपमा डेब्यू गर्दैछन् ।
 
गौरी मल्ल, सरोज खनाल, धिरेन शाक्यको पनि अभिनय रहेको फिल्ममा अर्जुन पोखरेल र ताराप्रकाश लिम्बुको संगीत, कविराज गहतराजको कोरियोग्राफी, महेश दवाडीको कथा र सौरभ लामाको छायांकन छ । अमित बस्नेतको लगानीमा बनेको ‘सम्हालिन्छ कहिले मन’ मा परी राना र अजितकुमार थापा सह–निर्माताको रुपमा छन् । फिल्मका कार्यकारी निर्माता सनिष खकुरेल हुन् ।
Most Visited News (monthly)