.jpg)
नेपाल पत्रकार महासंघको निर्वाचन नजिकिँदै जाँदा यसको एसोसिएट संस्था चलचित्र समीक्षक समाज (फिक्सन) ले नयाँ नेतृत्व पाएको छ । सोमवार भएको फिक्सनको साधारण सभाले दीपेन्द्र लामाको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो । वर्षौंदेखि फिल्मको समिक्षा गर्दै आएका उनी निर्देशक समेत हुन् । ‘घामपानी, गोपी र छ माया छपक्कै’ उनी निर्देशित फिल्म हुन् ।
त्यस्तै, चलचित्र समीक्षक समाजको साधारण सभाले उपाध्यक्षमा सामीप्यराज तिमिल्सिना र स्मृति ढुङ्गाना, महासचिवमा सजना बराल, सचिवमा विष्णु शर्मा र केदार श्रेष्ठ र कोषाध्यक्षमा प्रभाकर गौतम निर्वाचित गरेको छ भने समस्यहरुमा लेनिन बन्जाडे, नरेश फुयाँल, अभिमन्यु दीक्षित र रक्षा थापा चयन भएका छन् । फिक्सन फिल्मको समीक्षा गर्ने समीक्षकहरुको छाता संस्था हो ।
अध्यक्षमा चुनिएपछि लामाले फिल्म समीक्षा गर्ने संस्कृतिलाई थप स्थापित र फराकिलो बनाउन विभिन्न कार्यक्रम आयोजना गर्ने लक्ष्य ‘फिक्सन’ ले लिएको बताए । संस्थालाई क्रियाशिल बनाउने उनको प्रतिबद्धता छ । साधारण सभामा पत्रकार महासंघका कोषाध्यक्ष राजेश मिश्र तथा समीक्षक समाजका निवर्तमान अध्यक्ष यज्ञसले नयाँ कार्यसमितिको सफलताको कामना गरे ।

