
‘बाहुबली’ सिरिजपछि करिअरको उत्कर्षमा पुगेका प्रभास साउथ फिल्मका सबैभन्दा महंगा अभिनेतामध्ये एक मानिन्छन् । ‘साहो’ बाट बलिउडमा समेत डेब्यू गरेका उनको पाइपलाइनमा अहिले ठूला बजेटका ‘सलार र आदिपुरुष’ फिल्म छन् भने ‘राधे श्याम’ प्रदर्शनको पखाईमा छ । विश्वभर जबरजस्त क्रेज बनाएका उनले एउटा फिल्मबाट सय करोड पारिश्रमिक लिने गरेका छन् ।
उनै, प्रभास कारका निकै सौखिन मानिन्छन् । उनीसँग करोडौं मुल्यका निकै लग्जरियल कारहरु छन् । हालै उनले अर्को महंगो कार खरिद गरेका छन् । उनले भारतीय ६ करोडमा लेम्बर्गिनी एभेन्टाडोर एस रोडस्टर किनेका हुन् । उनले यो कार आफ्नो पिता सूर्या नारायण राजूको बर्थ एनिभर्सरीमा किनेको बताइएको छ । साउथमा लेम्बर्गिनी कारमा हुइँकिने उनी एक्ला कलाकार हुन् ।
यो कारभन्दा अगाडि पनि प्रभास कयौं लग्जरियस कारका मालिक हुन् । उनको कार कलेक्सनमा सवा करोडको जगुआर एक्सजे, ८ करोडको रोल्स रोयस फ्याटम, ५० लाखको बीएमडब्ल्यू एक्स ३, ४ करोडको रेन्ज रोभर र ३० लाखको सेडान कार स्कोडा सुपर्ब छ । प्रभास चाँडै फिल्म ‘आदिपुरुष’ मा काम गर्ने तयारीमा छन् । यसमा उनी भगवान् रामको भूमिकामा देखिँदैछन् ।

