Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

कोरोनाले ‘मनसँग मन’ पनि सर्‍यो

फिल्मीखबर, काठमाडौं, 2021/03/29
 
भारतमा कोरोना संक्रमण नियन्त्रणभन्दा बाहिर जान थालेपछि नेपाल सरकारले उच्च सतर्कता अपनाउन र सभा, सम्मेलन लगायतका भीडभाड हुने कार्यक्रमहरु नगर्न आग्रह गरेको छ । यसले फिल्म क्षेत्रमा पनि प्रभाव परेको छ । अहिले सिनेमा हलहरु फेरि सुनसान हुन थालेका छन् । जसका कारण रिलिजको मुखमा रहेका फिल्महरु भकाभक पोस्टपोन्ड भइरहेका छन् ।
 
गएको हप्ता फिल्म ‘लप्पन छप्पन २’ ले घोषित मितिबाट हात झिकेको थियो । अब चैत २७ मा प्रदर्शनमा आउन लागेको अर्को फिल्म ‘मनसँग मन’ ले पनि रिलिज पोस्टपोन्ड गरेको छ । सोमवार निर्माण टिमले प्रदर्शन मिति स्थगन भएको जानकारी दिँदै नयाँ पोस्टर सार्वजनिक गरेको छ । जसमा अभिनेता पुष्प खड्का र अभिनेत्री वर्षा सिवाकोटीलाई रोमान्टिक मुडमा देख्न सकिन्छ ।
 
फिल्ममा वुद्दि तामाङ, चाँदनी प्रधान, महेन्द्र बागदास, सन्ते दाको पनि मुख्य भूमिका छ । फिल्मको शिर्ष गीतमा भने नायक पल शाह र नायिका पूजा शर्माले नृत्य गरेका छन्, जुन यूट्युबमा सार्वजनिक भइसकेको छ । लकडाउनभन्दा अगाडि फिल्मको गीत बाहेकका दृश्य दार्जिलिङमा खिचिएको थियो । यो फिल्ममा पुष्पलाई दर्शकले रोमान्टिकसँगै एक्सन अवतारमा देख्न पाउनेछन् ।
 
फिल्ममा कैलाश राइको निर्देशन र अरुण तामाङको एकल लगानी छ । फिल्ममा सौरभ लामाको छायांकन, अर्जुन जीसीको सम्पादन, अर्जुन पोखरेल, दीपक शर्मा र अगोम गुरुङको संगीत, कमल राई र रामजी लामिछानेको नृत्य निर्देशन, सन्तोष खवासको द्वन्द्व छ । चैत २७ बाट ‘मनसँग मन’ सरेसँगै अब यो मितिमा फिल्म ‘कृष्ण लीला’ एकल प्रदर्शन आउने भएको छ । 
Most Visited News (monthly)