Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘आरआरआर’ मा अजयको योद्धा लुक्स

एजेन्सी, मुम्बई, 2021/04/02
 
‘बाहुबली’ निर्देशक एसएस राजामौलीको निर्देशनमा बनिरहेको फिल्म ‘आरआरआर’ का लागि अभिनेता अजय देवगनको फर्स्टलुक सार्वजनिक भएको छ । राजामौलीले सामाजिक सञ्जालमा मोसन पोस्टर सार्वजनिक गर्दै अजय देवगनलाई जन्मदिनको शुभकामना दिएका छन् । उनले लेखेका छन्, ‘लोड एम सुट । ऊ आफ्ना व्यक्तिहरुलाई सशक्त बनाएर जित हासिल गर्दछ ।’ 
 
भिडियोमा अजय देवगनलाई एक योद्धाको रुपमा चित्रित गरिएको छ । पोस्टर सार्वजनिक भएसँगै उनको लुक्सको तारिफ भइरहेको छ । यो उनको पहिलो तेलुगू फिल्म हो । फिल्ममा राम चरण, जूनियर एनटीआर, आलिया भट्ट र श्रिया सरनको पनि मुख्य भूमिका छ । फिल्मको कहानी १९२० को दशकका क्रान्तिकारी अल्लूरी सीतारामा राजू र कोमाराम भीममाथि आधारित छ ।
 
फिल्मको नर्थ इन्डिया राइट्स ४७५ करोडमा विक्री भइसकेको छ । यसमा थिएटर, इलेक्ट्रनिक, सेटेलाइट, डिजिटलसँगै अब्रोड मार्केटको पनि राइट्स सामेल छ । यो फिल्म १३ अक्टोबरमा ५ हजार बढी स्क्रिनमा रिलिज हुँदैछ । दर्शकहरु लामो समयदेखि ठूलो स्केलको लार्जर देन लाइफ फिल्मको प्रतिक्षा गरिरहेका छन् । यो फिल्मले दर्शकको भोक मेटाउने अपेक्षा गरिएको छ ।
 
यस्तो छ मोसन पोस्टर :-
 

Most Visited News (monthly)