Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

उपासना भन्छिन्, ‘विदेशमा आर्जन गरेको ज्ञान र सिप नेपालमा लगाऔं’

फिल्मीखबर, काठमाडौं, 2021/04/03
 
अभिनेत्री उपासना सिंह ठकुरीले विदेशी भूमिमा गएर आर्जन गरेको ज्ञान, सिप र अनुभवलाई नेपालमा लगाउन आग्रह गरेकी छन् । शुक्रवार एजुकेसन एण्ड माइग्रेसन कर्नरले पुतलीसडकस्थित आफ्नो कार्यालयमा आयोजना गरेको शैक्षिक मेलामा उपस्थिति विद्यार्थीहरुलाई उनले विदेशमा गएर अध्ययन गर्नु गलत नभएको तर त्यहाँ सिकेको अनुभवलाई स्वदेशमा लगाउनु पर्ने बताइन् ।
 
यो संस्थाको ब्राण्ड एम्बस्डर समेत रहेकी उनले शैक्षिक मेलामा अब्रोडमा अध्ययन गर्न इच्छुक विद्यार्थीहरुसँग कलाकारिताको बारेमा पनि छलफल गरेकी थिइन् । ‘विदेशमा उच्चशिक्षा हासिल गर्न चाहने विद्यार्थीहरुसँगको छलफल फलदायी रह्यो । उहाँहरुको भेटघाट मेरो लागि नयाँ अनुभव थियो । शैक्षिक मेला प्रभावकारी बनेको विश्वास लिएका छौं,’ उनले भनेकी छन् । 
 
शैक्षिक मेलामा उपासनाको लोभलाग्दो क्रेज देखिएको थियो । विदेशमा अध्ययन सम्बन्धि जानकारी लिन पुगेका अधिकांश विद्यार्थीहरुले उनीसँग फोटो खिचाएका थिए । फिल्म ‘क्याप्टेन’ बाट अभिनेत्रीको रुपमा सुखद डेब्यू गरेकी उनले ‘कबड्डी कबड्डी कबड्डी’ बाट युवापुस्तामा राम्रो फ्यान फलोइंग बनाएकी छन् । अहिले उनी फिल्म ‘डिसेम्बर फल्स’ को छायांकनमा व्यस्त छिन् ।
 
उच्चशिक्षाका लागि विदेश जान चाहने तर सही जानकारी नपाएर अलमलमा परेका विद्यार्थीहरुलाई लक्षित गरेर आयोजना गरिएको मेला प्रभावकारी बनेको एजुकेसन एण्ड माइग्रेसन कर्नरका प्रमुख सुनिल उप्रेतीको विश्वास छ । शैक्षिक मेलामा अफर लेटर र उच्चशिक्षा हासिल गर्न विदेश जान खोजे पनि दोधारमा परेका विद्यार्थीहरूलाई विस्तृतमा जानकारी गराइएको उनले बताए ।
Most Visited News (monthly)