Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 6973 - 6978 of 23776
फिल्मीखबर, काठमाण्डौ, 2021-04-08, बिहिवार

लामो समयदेखि अमेरिकामा बस्दै आएकी अभिनेत्री रञ्जना शर्मा बैबाहिक जीवनमा बाँधिएकी छन् । बुधवार उनले प्रेमी निकेश सिलवालसँग विवाह गरेकी हुन् । उनीहरुको विवाह समारोहमा अमेरिकामा बसोबास गर्ने फिल्मकर्मीहरुको उपस्थिति रहेको थियो । सेतो रंगको आकर्षक गाउनमा सजिएकी रञ्जनाले विवाहका तस्विर तथा भिडियोहरु फेसबुकको स्टोरीमा पोस्ट गरेकी छन् । 

फिल्मीखबर, काठमाडौं, 2021-04-08, बिहिवार

सन् १९६६ मा निजी क्षेत्रको लगानीमा निर्माण भएको पहिलो फिल्म ‘माइतीघर’ को नाम सापटी लिएर निर्माता भुवन केसीले ‘माइतीघर २’ बनाउने भएका छन् । दि सुपर काजोल फिल्मस्को ब्यानरमा निर्माण हुने फिल्ममा अभिनेता अनमोल केसीले मुख्य भूमिका निर्वाह गर्नेछन् ।

फिल्मीखबर, काठमाडौं, 2021-04-08, बिहिवार

नेपाल पत्रकार महासंघको एशोसिएट प्रदेशको अध्यक्षमा चलचित्र पत्रकार बैकुण्ठ पराजुली विजयी भएका छन् । बुधबार भएको मतगणनामा उनले ३ सय ९९ मतसहित विजयी हासिल गरेका हुन् । उनका प्रतिद्वन्दी डीबी खड्काको पक्षमा २ सय ७५ मत खसेको थियो ।

एजेन्सी, मुम्बई, 2021-04-07, बुधवार

यतिबेला भारतमा कोरोना संक्रमण भयावह रुपमा फैलिएको छ । गएको केही दिनमा रणवीर कपूर, आलिया भट्ट, अक्षय कुमार, परेश रावल, विक्की कौशल, भूमि पेडनेकर, कटरीना कैफ लगायतका कलाकारहरु कोरोनाको चपेटामा परेका छन् । एकपछि अर्का कलाकार कोरोना संक्रमित हुन थालेपछि अरु कलाकारहरुले कोभिड नियमको सही तरिकाले पालना गरिरहेका छन् ।

फिल्मीखबर, काठमाडौं, 2021-04-07, बुधवार

एक समयका सफल निर्देशक दीपक श्रेष्ठ सात वर्षपछि फिल्म ‘घिन्ताङ’ बाट निर्देशनमा पुनरागमन गर्दैछन् । आफ्नो कमब्याक फिल्मलाई उत्कृष्ट बनाउन उनले लामो समय स्क्रिप्टमा मिहिनेत गरे । तर, फिल्मका लागि साइन भएका कलाकारबाटै उनले साथ पाइरहेका छैनन् । सबैभन्दा पहिला अनुबन्ध भएकी नायिका एलिजा गौतमले पिता विरामी भएको कारण देखाउँदै फिल्म छाडिन् ।

फिल्मीखबर, काठमाडौं, 2021-04-07, बुधवार

निर्माता माधव वाग्ले यतिबेला कुनै पनि हालतमा निर्देशक बनिछाड्ने अठोट बोकेर बसेका छन् । यस वर्ष उनी आफ्नो निर्देशनमा अभिनेता अनमोल केसीलाई लिएर फिल्म ‘पारस’ बनाउने तयारीमा थिए । तर, भुवन केसीले ‘लक’ भइसकेको स्क्रिप्ट तोडमोड गरेको भन्दै उनले ३० लाख बुझेर फिल्मबाट हात झिके । यसपछि उनले चलचित्र विकास बोर्डमा फिल्म ‘हिमानी’ दर्ता गरे ।

Results : 6973 - 6978 of 23776
Most Visited News (monthly)