Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 6967 - 6972 of 23776
फिल्मीखबर, काठमाडौं, 2021-04-09, शुक्रवार

सम्राट बस्नेतको निर्देशनमा फिल्म ‘लाल मोहन जी’ निर्माण हुने भएको छ । जेठको पहिलो साताबाट छायांकन सुरु हुने फिल्ममा अभिनेता विपिन कार्की मुख्य भूमिकामा अनुबन्धित भएका छन् । सस्पेन्स-कमेडी फिल्ममा अर्पण थापा, कर्मा शाक्य, रोहित रुम्बा, रविन्द्र झा, सुस्मा कार्की, सुभाष मेचे, कालु राना, सुगन तण्डुकार र बाल कलाकार सुशान्त मेचेको पनि अभिनय रहनेछ । 

एजेन्सी, मुम्बई, 2021-04-09, शुक्रवार

अभिषेक बच्चन स्टारर फिल्म ‘द बिग बुल’ ८ अप्रिलबाट ओटीटी प्लेटफर्म डिज्नी हटस्टारमा रिलिज भएको छ । यो फिल्मलाई दर्शक र समीक्षकबाट राम्रो प्रतिक्रिया मिलेको छ । तर, केही सामाजिक सञ्जाल प्रयोगकर्ताले फिल्मको आलोचना पनि गरेका छन् । कतिपयले फिल्ममा अभिषेकको अभिनयलाई ‘थर्ड क्लास’ भनेका छन् । उनले पनि यसको गतिलो जवाफ फर्काएका छन् ।

फिल्मीखबर, काठमाडौं, 2021-04-09, शुक्रवार

छायांकन सुरु हुनभन्दा अगाडिसम्म फिल्ममा कलाकार हेरफेर हुनु नौलो होइन । सेड्युल जुधेर वा स्क्रिप्ट चित्त नबुझेर धेरै कलाकारले साइन गरेको फिल्म छाडेका छन् । छायांकनको तयारीमा रहेको फिल्म ‘घिन्ताङ’ मा पनि अभिनेत्री हेरफेर रोकिएको छैन । पहिला फिल्ममा अभिनेत्री एलिजा गौतम भित्रिएकी थिइन् । मुहूर्तको एक हप्ता अगाडि उनले फिल्म छाड्ने निर्णय गरिन् । 

फिल्मीखबर, काठमाडौं, 2021-04-09, शुक्रवार

छिमेकी मुलुक भारतमा कोरोना संक्रमण भयावह रुपमा फैलिएको छ । दैनिक ६० हजारभन्दा बढी संक्रमित हुन थालेपछि नेपालमा पनि उच्च सतर्कता अपनाइएको छ । सरकारले केही दिन अगाडि भिडभाड हुने कार्यक्रम नगर्न आग्रह गरेको थियो । शुक्रवार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २५ जनाभन्दा बढी भेला हुन रोक लगाउन सीसीएमसीलाई सिफारिस गरेको छ । 

फिल्मीखबर, काठमाडौं, 2021-04-09, शुक्रवार

कोरोनाका कारण ९ महिना बन्द भएर पुष १० गतेबाट खुलेका सिनेमा हलहरु दर्शकविहीन भएर बसेका छन् । सरकारले हल खोल्न अनुमति दिएपछि नेपाली फिल्म ‘एउटा यस्तो प्रेम कहानी’ र ‘गोर्खे’ रिलिज भए । तर, दुवैले हलमा दर्शक तान्न सकेनन् । धेरैको आश चैत २७ (आज) लाई रिलिज घोषणा गरेका तीन फिल्म ‘लप्पन छप्पन २’, ‘कृष्ण लीला’ र ‘मनसँग मन’ माथि थियो । 

एजेन्सी, मुम्बई, 2021-04-08, बिहिवार

भारतमा कोरोना संक्रमण बढेसँगै बलिउड फिल्मको रिलिज सरेको सर्यै छ । अभिनेता सलमान खान अभिनीत फिल्म ‘राधे : योर मोस्ट वान्टेड भाई’ को रिलिज पनि पोस्टपोन्ड हुने सम्भावना बढ्दै गएको छ । यो फिल्मको प्रदर्शन मिति १३ मे (इद) लाई घोषणा गरिएको छ । सलमानले सावधानी अपनाउँदा अपनाउँदै पनि संक्रमण बढ्दै गए फिल्मको रिलिज सर्न सक्ने बताएका छन् ।

Results : 6967 - 6972 of 23776
Most Visited News (monthly)