Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

मिरुनालाई ‘कबड्डी ४’ को आश !

फिल्मीखबर, काठमाण्डौ, 2021/04/18
 
अभिनय र सुन्दरताको प्रशंसा हुने अभिनेत्रीमा पर्छिन्, मिरुना मगर । फिल्म ‘लालपूर्जा’ बाट अभिनय करिअर सुरु गरेकी उनलाई पहिलो गाँसमै ढुंगा लागेको थियो । सौगात मल्ल, विपिन कार्की जस्ता कलाकारको अभिनय हुँदा पनि फिल्मले हलमा सिन्को भाँचेन । फिल्म नचल्दा मिरुना पनि ओझेलमा परिन् । यसपछि उनले फिल्म ‘रोज’ मा प्रदीप खड्कासँग काम गरेकी थिइन् ।
 
तर, यो फिल्मबाट पनि उनले सफलताको सुख प्राप्त गर्न सकिनन् । यद्यपि, फिल्ममा समावेश ‘फूल हैन’ बोलको गीतले उनलाई दर्शकको ठूलो वर्गमा चिनायो । उनी आफैंले पनि यो फिल्मलाई आफ्नो करिअरको टर्निङ पोइन्टको रुपमा लिने गरेकी छन् । तेस्रो फिल्म ‘साइनो’ बाट फ्लपमा ह्याट्रिक गरेकी उनले २०७६ मा प्रदर्शित चौथो फिल्म ‘चच हुईं’ बाट पनि निराशा भोग्नुपर्‍यो ।
 
लगातार चारवटा फिल्म फ्लप भएपछि उनलाई मिडियाले ‘अनलक्की नायिका’ भन्न थालेको छ । तर, फिल्मको असफलताले उनको करिअरमा भने खासै ठूलो असर परेको देखिन्न । उनी कामविहीन भएर बस्नु परेको छैन । लकडाउनभन्दा अगाडि अभिनेता दयाहाङ राईसँग फिल्म ‘जारी’ मा काम गरेकी उनी दोस्रो पटक पनि दयाहाङसँग फिल्म ‘कबड्डी ४’ मा जोडी बाँधिदैछ ।
 
यो फिल्म उनका लागि विशेष मानिएको छ । चार फिल्मको असफलताले डगमगाएको करिअरलाई ‘कबड्डी ४’ ले उकास्नेमा उनी ढुक्क छिन् । किनकि, ‘कबड्डी’ का कुनै सिरिजले बक्सअफिसमा असफलता भोगेको रेकर्ड छैन । यसकारण पनि ‘कबड्डी ४’ लाई निर्माण अगावै ‘स्योर सट हिट’ मानिएको छ । तर, यो फिल्मको सफलताको जस पो मिरुनाले पाउने हुन् कि होइनन् कुन्नी ?
Most Visited News (monthly)