Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

तीन महिनापछि सिनेमा हल फेरि बन्द

फिल्मीखबर, काठमाडौं, 2021/04/19
 
कोरोनाका कारण सरकारले २०७६ चैतमा लकडाउन गरेपछि देशका सबै क्षेत्र बन्द भए । सिनेमा हल सञ्चालनमा भने लकडाउनभन्दा अगावै प्रतिबन्ध लगाइएको थियो । दोस्रो चरणको बन्दाबन्दीपछि प्रायः सबै क्षेत्र खुले । तर, ९ महिनादेखि बन्द रहेका सिनेमा हल खोल्न सरकारले चासो नदेखाएपछि गत पुष १० गते हल सञ्चालकहरुले एकतर्फी रुपमा हल खोल्ने निर्णय गरे ।
 
सरकारले भने पुष २६ गते ५० प्रतिशत अकुपेन्सीमा सिनेमा हल खोल्न अनुमति दिएको थियो । यसपछि केही नेपाली, हलिउड, बलिउड र साउथ (हिन्दी डब) फिल्म प्रदर्शनमा आए । तर, कुनैले हलमा दर्शक तान्न सकेनन् । गत चैत २७ बाट प्रदर्शनमा आएका दुई फिल्म ‘श्री’ र ‘गुड फ्रेन्ड’ ले पनि दर्शकको अभाव झेलिरहँँदा सरकारले फेरि सिनेमा हल बन्द गर्ने निर्णय गरेको छ । 
 
सोमवार बसेको मन्त्रीपरिषद्को बैठकले शहरी क्षेत्रमा कोरोनाको संक्रमण बढेको भन्दै बैशाख मसान्तसम्म हलहरु बन्द गर्ने निर्णय गरेको हो । भीडभाड हुने शिक्षण संस्थाहरु, पार्टी प्यालेस, जिमखाना, स्वीमिङ पुल, सभा समारोह पनि बन्द गर्ने सरकारले निर्णय गरेको छ । खुलेको तीन महिनामै सरकारले पुनः सिनेमा हलहरु बन्द गर्ने निर्णय गरेपछि फिल्मकर्मीमा निराशा छाएको छ ।
Most Visited News (monthly)