Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

कस्मेटिक बेचेर गुजरा चलाउँथे अरशद

एजेन्सी, मुम्बई, 2021/04/19
 
अभिनेता अरशद वारसी १९ अप्रिल (आज) आफ्नो ५३औं जन्मदिन मनाइरहेका छन् । उनले आफ्नो फिल्मी करिअरमा ‘मुन्ना भाई एमबीबीएस’ मा सर्किटदेखि ‘गोलमाल’ मा माधवसम्मको चरित्र निर्वाह गरेर दर्शकलाई मनोरञ्जन दिएका छन् । तर, उनको जिन्दगीको सफर भने त्यति सहज थिएन । १४ वर्षको हुँदा माता-पिताको मृत्यु भएपछि उनको जीवनमा निकै उतार-चढाव आए ।
 
उनले जीवनयापन गर्न १० कक्षापछि पढाई छाडेर आफ्नो सबै ध्यान पैसा कमाउन लगाएका थिए । यसपछि उनले सेल्सम्यानको रुपमा एक कस्मेटिक कम्पनीमा काम गर्न थाले । त्यसबेला उनी मात्र १७ वर्षका थिए । जागिरकै क्रममा उनको डान्सप्रति रुची बढ्यो र एक ड्रान्स ग्रुप ज्वाइन गरे । त्यही बेला उनले फिल्म ‘ठिकाना’ र ‘काश’ का गीतमा कोरियोग्राफी गर्ने मौका पाएका थिए ।
 
कयौं डान्स कम्पिटिसनमा सहभागी भएर उपाधि जितेपछि अरशद एक प्रोफेसनल कोरियोग्राफर बनेका थिए । सन् १९९६ मा अभिताभ बच्चनको प्रोडक्सन हाउसले बनाएको फिल्म ‘तेरे मेरे सपने’ का लागि मुख्य नायकको खोजी भइरहँदा जया बच्चनको नजरमा अरशद परेका थिए । र, यो फिल्मपछि उनलाई कामको कमी भएन । अहिले उनी बलिउडका विकाउ कलाकार हुन् ।
Most Visited News (monthly)