Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘गंगूबाई काठियावाडी’ निर्मातालाई हरेक दिन ३ लाख घाटा

एजेन्सी, मुम्बई, 2021/05/17
 
कोरोना भाइरसको दोस्रो लहर र महाराष्ट्रमा लागेको लकडाउनका कारण अभिनेत्री आलिया भट्ट अभिनीत फिल्म ‘गंगूबाई काठियावाडी’ को छायांकन अनिश्चितकालका लागि रोकिँदा निर्माताले हरेक दिन तीन लाख रुपैयाँ घाटा बेहोर्नु परेको छ । अब फिल्मको तीन दिनको मात्र छायांकन बाँकी छ, जुन आलियामाथि फिल्मांकन गरिएको एक गीतको ब्याकग्राउन्डको हिस्सा हो ।
 
जति बेला फिल्मको छायांकन रोकियो, त्यसबेला निर्देशक सञ्जय लीला भंसाली गीतको छायांकन पूरा गर्ने अन्तिम चरणमा थिए । निर्माताले मुम्बईको फिल्मसिटीमा एक भब्य सेट बनाएका छन्, जुन फिल्मको छायांकन पूरा नभएसम्म बचाएर राख्नुपर्नेछ । सेट सुरक्षित राख्न निर्माता द्वय सञ्जय लीला भंसाली र जयन्तीलाल गडाले हरेक दिन तीन लाख रुपैयाँ खर्च गरिरहेको बताइएको छ ।
 
यो सेट भत्काएर फेरि बनाउन ठूलो खर्च लाग्ने भएकाले निर्माताहरु घाटा उठाउन तयार भएका हुन् । फिल्मको छायांकन तत्काल सुरु हुने सम्भावना कम छ । भन्सालीले लकडाउन खुले लगत्तै छायांकन सुरु गर्न रिक्स नउठाउने बताएका छन् । ‘द माफिया क्विन अफ मुम्बई’ पुस्तकमाथि बनेको फिल्म मुम्बईको कमाठीपुरामा एउटा वेश्यालय चलाउने गंगूबाईको जीवनीमा आधारित छ ।
Most Visited News (monthly)