Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 1.00/5.00)
Text size:-
+
-

हिन्दी सिरिज ‘द लास्ट आवर’ मा रोबिन तामाङ भिलेन

फिल्मीखबर, काठमाडौं, 2021/05/17
 
नेपाली फिल्ममा प्रायः भिलेनको भूमिकामा निर्वाह गर्दै आएका रोबिन तामाङ हिन्दी सिरिजमा पनि देखिएका छन् । उनले अभिनय गरेको हिन्दी सिरिज ‘द लास्ट आवर’ शुक्रवारबाट ओटीटी प्लेटफर्ममा प्रिमियर भएको छ । ‘पे पर भ्यू’ मार्फत् अमेजन प्राइम भिडियोमा सार्वजनिक भएको सिरिजमा उनी भिलेनको भूमिकामा छन् । उनलाई सिरिजको ट्रेलरमा भने स्थान दिइएको थिएन ।
 
आठ एपिसोड लामो यो सिरिजमा रोबिन यामानाडु नामको तान्त्रिकको भूमिकामा छन् । भारतको उत्तरपूर्वी राज्य (सिक्किम) को पृष्ठभूमिमा आधारित सिरिजको छायांकन सिक्किम र मुम्बईमा भएको हो । सिरिजमा भारतमा बस्ने थुप्रै नेपाली कलाकारहरुको अभिनय रहेको छ । आइएमडिबीमा सिरिजलाई १० मा ८ रेटिङ मिलेको छ । अर्थात्, सिरिजलाई दर्शकले निकै रुचाएका छन् । 
 
सिरिजको निर्देशन अमित कुमारले गरेका हुन् । उनले यसअघि इरफान खानसँग ‘बायपास’, नवाजुद्दीन सिद्दीकीसँग ‘मनसून शूटआउट’ फिल्म बनाइसकेका छन् । सिरिजमा संजय कपुर, कर्मा ताकपा, साहना गोस्वामी, राइमा सेनको पनि मुख्य भूमिका छ । ५/६ एपिसोडमा समेट्न सकिने कथा निर्देशक अमितले जबरजस्ती लम्ब्याएर ८ एपिसोडको बनाएको समीक्षकको भनाई छ ।
 
अलौकिक क्राइम थ्रिलर सिरिजमा संजय कपूर (अरूप) एक पुलिस अफिसरको भूमिकामा छन्, जसको सरुवा मुम्बईको नर्थ इस्टमा हुन्छ । उनले लगातार भइरहेको हत्याको अनुसन्धान गर्ने जिम्मा पाएका हुन्छन् । यसै क्रममा उनको भेट देव (कर्मा तकापा) सँग हुन्छ, जो एक तान्त्रिक हुन्छन् । संजयले देवको सहयोगमा कसरी केश सुल्झाउँछन् भन्ने सिरिजमा देखाइएको छ । 
 
ट्रेलर हेर्नुहोस् :-
 

Most Visited News (monthly)