.jpg)
बलिउड अभिनेत्री आलिया भट्टले सन् २०१२ मा निर्माता करण जोहरको फिल्म ‘स्टूडेन्ट अफ द ईयर’ बाट फिल्म इन्डस्ट्रीमा प्रवेश गरेकी हुन् । पहिलो फिल्मको सफलतापछि उनले एकपछि अर्को ठूला फिल्ममा अभिनय गरिन् । उनले आफ्नो अहिलेसम्मको करिअरमा कयौं अभिनेतासँग स्क्रिन शेयर गरिसकेकी छन् । तर, उनी भने अभिनेता अक्षय कुमारको डाइहार्ट फ्यान हुन् ।
उनी अक्षय कुमारको लाइफबाट निकै इन्स्पायर्ड छिन् । हालै एक अन्तर्वार्तामा उनलाई बिहान उठ्दा पुरुष कलाकार भए कुन कलाकार बन्न चाहनुहुन्छ भनेर सोधिएको प्रश्नमा उनले अक्षय कुमारको नाम लिएकी छन् । उनले भनेकी छन्, ‘मलाई उहाँको लाइफस्टाइल मनपर्छ । उहाँ बिहानै उठ्नु हुन्छ र चाँडै सुत्नु हुन्छ । उहाँको जिन्दगी सानदार छ । यसैले उहाँ जस्तै बन्न चाहन्छु ।’
आलिया भट्टको वर्कफ्रन्टको कुरा गर्ने हो भने उनी चाँडै एसएस राजामौली निर्देशित फिल्म ‘आरआरआर’ मा देखिँदैछिन् । यसमा उनीसँगै अजय देवगन, राम चरण, जुनियर एन्टीआर लगायतको अभिनय छ । साथै, सञ्जय लीला भन्साली निर्देशित फिल्म ‘गंगूबाई काठियावाडी’ मा पनि उनको मुख्य भूमिका छ । योसँगै उनी रणवीर कपूरसँग फिल्म ‘ब्रह्मास्त्र’ मा पनि देखिँदैछिन्

