Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

रवि र निकिताले प्राविधिकलाई बाँडे खाद्यान्न

फिल्मीखबर, काठमाडौं, 2021/06/04
 
कोरोना भाइरसका कारण फिल्म सम्बन्धि गतिविधि पूर्ण रुपमा ठप्प हुँदा समस्यामा परेका प्राविधिकहरुलाई सहयोग जुट्ने क्रम बढेको छ । कसैले आर्थिक सहयोग गरेका छन् भने कसैले चलचित्र प्राविधिक संघसँग सहकार्य गरेर प्राविधिकहरुलाई खाद्यान्न बाँडेका छन् । अभिनेत्री स्वस्तिमा खड्काले प्राविधिकहरुको पीडामा मलहम लगाउने उद्देश्यले सहयोग अभियान नै थालेकी छन् ।
 
यसैक्रममा चलचित्र विकास बोर्डकी पूर्व अध्यक्ष तथा फिल्म निर्मात्री निकिता पौडेल र उनका श्रीमान् सञ्चारकर्मी रवि लामिछानेले कोरोनाका कारण समस्यामा परेका प्राविधिकहरुलाई खाद्यान्न सहयोग गरेका छन् । बिहीवार निकिताले आफ्नै उपस्थितिमा १८ जना प्राविधिकलाई खाद्यान्न सामाग्री हस्तान्तरण गरिन् । उनले प्राविधिकहरुलाई सबैले सकेको सहयोग गर्न आग्रह गरेकी छन् । 
 
केही दिन अगाडि अभिनेत्री करिश्मा मानन्धर, कलाकार तथा क्याप्टेन विजय लामा, अभिनेत्री सुमिना घिमिरे दाम्पतिले पनि प्राविधिकहरुलाई खाद्यान्न सहयोग गरेका थिए । प्राविधिकहरुलाई आर्थिक सहयोग गर्ने फिल्मकर्मीको संख्या पनि बढ्दो छ । हालै कलाकार रुपा राणाले ३० हजार, अभिनेता रमेश उप्रेतीले २५ हजार, अभिनेत्री जेविका कार्कीले १५ हजार सहयोग गरेका छन् । 
Most Visited News (monthly)