Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

पिताले सर्त राखेपछि अमिताभले गरेका थिए जयासँग बिहे

एजेन्सी, मुम्बई, 2021/06/03
 
अभिनेता अमिताभ बच्चन र अभिनेत्री जया बच्चनका लागि आजको दिन निकै विशेष छ । किनकि, आज (३ जून) उनीहरुको विवाह वर्षगाँठ हो । उनीहरु विवाह बन्धनमा बाँधिएको ४८ वर्ष पूरा भएको छ । बलिउडको आदर्श जोडीको रुपमा चिनिने उनीहरुले एक समय कयौं सुपरहिट फिल्ममा काम गरेका थिए । उनीहरुको विवाह कुनै फिल्मको कहानीभन्दा कम रोचक छैन ।
 
अमिताभले जयासँग विवाहको बारेमा आफ्नो एक ब्लगमा भनेका थिए, ‘कुरा हो फिल्म ‘जंजीर’ को । यो फिल्ममा हामी दुवै काम गरिरहेका थियौं । निर्माण टिमले फिल्म सफल भएपछि लन्डनमा होलिडे मनाउन जाने फैसला गर्‍यो । फिल्म सफल पनि भयो । त्यसपछि मैले पितालाई लन्डन जान लागेको कुरा बताएँ । पिताले को-कोसँग जान लागेको भनेर सोधेपछि मैले जयाको नाम लिएँ ।’
 
तर, उनलाई पिताले जयासँग बिहे गरेपछि मात्र लन्डन जान दिने सर्त राखे । यसपछि उनले जयालाई विवाहको प्रस्ताव गरेका थिए । जया पनि विवाहका लागि राजी भएपछि लन्डन उड्ने दिनै उनीहरुले विवाह गरेका थिए । अमिताभ भन्छन्, ‘म फर्मल इन्डियन म्यारिजमा जसरी तयार हुन्छन् त्यसरी तयार भएको थिएँ र गाडीमा बसेर मलाबार हिल गएँ । केही घन्टामा नै हाम्रो विवाह भयो ।’
 
अभिताम र जयाको भेट पुणेको फिल्म इन्स्टीट्यूटमा भएको थियो । त्यहाँ जया पढ्न जान्थिन् भने अमिताभ फिल्ममा प्रवेश गर्न संघर्ष गरिरहेका थिए । यो जोडीले ‘सोले, जंजीर, अभिमान, मिली, चुपके चुपके, शिलशिला, कभी खुसी कभी गम, बन्सी बिरजू’ लगायतका सुपरहिट फिल्ममा एकसाथ काम गरेका छन् । विवाहको केही समयपछि भने जया अभिनयबाट टाढा भएकी छन् । 
Most Visited News (monthly)