Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

मलाई होची-मोटी जे भन्नुस्, तर आफूलाई बदल्न सक्दिनँ : विद्या बालन

एजेन्सी, मुम्बई, 2021/06/12
 
अभिनेत्री विद्या बालनले फिल्ममा अलग-अलग भूमिका निर्वाह गरेर बलिउडको स्टीरियोटाइप सोचलाई चुनौती दिएकी छन् । फिल्मको पात्रअनुसार आफूलाई ढाल्न सिपालु उनले आफ्नो दमदार अभिनयबाट दर्शकको मन जितेकी छन् । तर, उनी आफूले स्टीरियोटाइप सोच तोड्न कोशिश नगरेको बताउँछिन् । आफ्नो बाटोमा अवरोध आउन नदिने प्रण भने गरेको उनको भनाई छ ।
 
एक अन्तर्वार्तामा उनले भनेकी छन्, ‘म स्टीरियोटाइप सोच तोड्नका लागि तयार थिइनँ । जीवनमा आफ्नो अनुभवको माध्यमबाट र एक कलाकारको रुपमा मैले महशुस गरेको छु कि एक कलाकार भएको नाताले आफ्नो बाटोमा केही आउन दिन्नँ ।’ आफूलाई कसैले होची, मोटी, बोल्ड, निर्लज्ज, समझदार जे भनेपनि फरक नपर्ने र आफू जस्तो भए पनि बदल्न नसक्ने उनको भनाई छ ।
 
उनी अगाडि भन्छिन्, ‘म आफ्नो बारेमा केही बदल्न सक्दैन । यसकारण म यो स्टीरियोटाइप सोचलाई तोड्न तयार भइनँ । मैले मात्र यति भनेको छु कि यदी यो काम गरिएन भने त्यो नराम्रो हो । यो काम गर्नुपर्छ किनकि म यो काम लायक बनाउन चाहन्छु । यो काम गर्नु छ किनकि म कलाकार बन्न चाहन्छु ।’ उनी अभिनीत नयाँ फिल्म ‘शेरनी’ यही १८ जूनमा ओटीटीमा रिलिज हुँदैछ । 
Most Visited News (monthly)