Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘चुरीफुरी’ टिमले बाँड्यो २५ परिवारलाई राहत

फिल्मीखबर, काठमाडौं, 2021/06/12
 
प्रदर्शनको पखाईमा रहेको फिल्म ‘चुरीफुरी’ को टिमले कोरोना भाइरसको संक्रमण रोकथामका लागि गरिएको निषेधाज्ञाका कारण बिहान बेलुका हातमुख जोर्न समस्या भएका व्यक्तिलाई राहत वितरण गरेको छ । काठमाडौंको बसुन्धराका बस्दै आएका २५ परिवारलाई फिल्मको टिमले २० दिनसम्म पुग्ने खाद्यान्न सामाग्री हस्तान्तरण गरेको हो । खाद्यान्नसँगै मास्क पनि प्रदान गरिएको छ ।
 
फिल्मका निर्देशक तथा निर्माता ऋषिराज आचार्य र सह-निर्माता बिमला भुसालले राहत बाँडेका हुन् । महामारीका कारण दैनिकी कष्टकर बनिहेका बेला पीडितहरुलाई थोरै भए पनि राहत वितरण गर्न पाउँदा खुसी लागेको निर्देशक आचार्यको भनाई छ । यो समयमा समस्यामा परेका व्यक्तिलाई सबैले सहयोग गर्नुपर्ने बताउँदै उनले आगामी दिनमा पनि सहयोगलाई जारी राख्ने बताए ।
 
फिल्मलाई आउँदो असोज १ गते प्रदर्शन गर्ने तयारीमा निर्माण टिम छ । रबिन्द्र झा, अभिषेक श्रेष्ठ, राजिब जङ्ग बस्नेत, पुजा पन्त, सोना बज्राचार्य, रिन्जिन गुरुङ, शिशिर भण्डारी, दिपक आचार्य, सुबोध गौतम, पवन खतिवडा, सुरबिर पन्डित लगायतको अभिनय रहेको ‘चुरीफुरी’ मा दीपक शर्माको संगीत, समीर आचार्य, विश्व नेपाली र बेनिशा पौडेलको स्वर र नवीन निरौलाको सम्पादन छ ।
Most Visited News (monthly)