
अभिनेत्री रकुल प्रीत सिंहले तेलुगू फिल्ममा काम पाउन छाडेको चर्चालाई अफवाह भनेकी छन् । उनले ट्विटरमा एक पोस्ट लेख्दै त्यसप्रकारको हल्लामा सत्यता नभएको बताएकी हुन् । वर्षमा आफूले ६ वटा फिल्ममा काम गरिरहेको पनि उनको दाबी छ । उनी लेख्छिन्, ‘मैले कहिल्यै यस्तो भनेको थिइनँ । वर्षमा ३६५ दिन हुन्छ र ६ भन्दा बढी फिल्मलाई मिलाउन मलाई मद्दत गर्नुहोस् ।’
सोसल मिडियामा भाइरल न्यूजलाई दाबी गरिएको थियो कि रकुल प्रीत सिंहलाई तेलुगू फिल्मबाट अफर आउन छाडेको छ । किनकि, उनी बलिउड फिल्ममा ब्याक-टू-ब्याक काम गरिरहेकी छन् । तेलुगूमा उनी अभिनीत फिल्म ‘चेक’ २०२० मा रिलिज भएको छ । उनको यो फिल्म बक्सअफिसमा फ्लप थियो । यसमा उनका अलावा प्रिया प्रकाश वारियरको मुख्य भूमिका थियो ।
उनी चाँडै निर्देशक अनुभूति कश्यपको कप्स-कमेडी-ड्रामा ‘डक्टर जी’, अजय देवगनको ‘मेडे’, इन्द्र कुमारको एक कमेडी फिल्म र रोनी स्क्रूवालाद्वारा निर्मित ‘छत्रीवाली’ मा देखिँदैछिन् । पछिल्लो पटक उनी हिन्दी फिल्म ‘सरदार का ग्रान्डसन’ मा देखिएकी थिइन्, जुन ओटीटी प्लेटफर्म नेटफ्लिक्समा रिलिज भएको थियो । उनले २०१४ मा ‘यारिया’ बाट बलिउडमा डेब्यू गरेकी थिइन् ।

