Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 2.00/5.00)
Text size:-
+
-

टाइगरका फ्यान विजय !

एजेन्सी, मुम्बई, 2021/06/22
 
तमिल सुपरस्टार विजय बलिउड अभिनेता टाइगर श्राफको ठूलो फ्यान रहेको ‘मास्टर’ फेम्ड अभिनेत्री मालविका मोहननले बताएकी छन् । विजयसँग मुम्बईको थिएटरमा ‘बागी ३’ हेरेकी उनले एक अन्तर्वार्तामा भनेकी छन्, ‘विजय सरले ‘बागी ३’ एकदमै इन्जोय गर्नुभएको थियो । जब टाइगर स्क्रिनमा आउँथे, उहाँले बेस्सरी थलाइवा भन्नुहुन्थ्यो । उहाँ टाइगरको ठूलो फ्यान हुनुहुन्छ ।’
 
मंगलवार विजयको ४७औं जन्मदिन हो । १९७४ जुन २२ मा जन्मिएका उनको पूरा नाम जोसेफ विजय चंद्रशेखर हो । उनी साउथ फिल्मका सर्वाधिक महंगा र डिमान्डेड अभिनेतामध्ये एक हुन् । उनले आफ्नो करिअरमा कयौं ब्लकबस्टर फिल्म दिएका छन् । बाल कलाकारको रुपमा अभिनय करिअर सुरु गरेका उनले फिल्म ‘नालया थीरपू’ बाट मुख्य नायकको रुपमा डेब्यू गरेका थिए ।
 
उनको जन्मदिनको अवसरमा एक फिल्मको घोषणा गरिएको छ । ‘बीस्ट’ नाम राखिएको फिल्मको मंगलवार सार्वजनिक भएको पोस्टरमा उनी हातमा बन्दुक र मुखमा गोली च्यापेर प्रस्तुत भएका छन् । उनको यो अवतारलाई दर्शकले निकै रुचाएका थिए । नेल्सन दिलीप कुमारको निर्देशनमा बन्ने फिल्ममा विजयका अलावा पूजा हेगडे, योगी बाबू, शाइन चाकोको पनि अभिनय रहनेछ ।
Most Visited News (monthly)