Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

फ्रन्टलाइन वर्करका लागि अनमोलले बनाए खाना

फिल्मीखबर, काठमाडौं, 2021/06/22
देशले करीब डेढ वर्षदेखि कोरोना महामारी भोगिरहेको छ । जेठ अन्तिमपछि संक्रमण दर घट्दै गए पनि सर्वसाधारणमा त्रास घटेको छैन । अर्कोतिर बर्खायाम सुरु भएसँगै बाढी र पहिरोका कारण ठाउँ-ठाउँमा ठूलो जनधनको क्षति भएको छ । यो समयमा नेपाली फिल्मका धेरै कलाकारहरुले कोरोना पीडित र बाढी-पहिरो पीडितलाई आर्थिक तथा भौतिक सहयोग गरिरहेका छन् ।
 
तर, नेपाली फिल्मका केही ‘स्टार’ कलाकारहरु भने देशले भोगिरहेको यो विषम परिस्थितिमा मौनता साँधेर बसेका छन् । यसमध्ये एक हुन्, अनमोल केसी । नेपाली फिल्मका सर्वाधिक महंगा र डिमान्डेड अभिनेता मानिने उनले कोरोना महामारी र बाढी-पहिरोबाट पीडितलाई सहयोग गर्नु त टाढाको कुरा सोसल साइटमा जनचेतना फैलाउने खालको एउटा पोस्ट समेत गरेका छैनन् ।
 
 
फिल्म रिलिज हुने समयमा दर्शकलाई ‘भगवान’ को दर्जा दिने अनमोलले आज तिनै दर्शक कोरोना र बाढी-पहिरोले समस्यामा पर्दा कुनै प्रकारको सहयोग नगरेको भन्दै यतिबेला उनको आलोचना भइरहेको छ । यस्तैमा उनले सोमवार निर्जला एकादशीका दिन स्वास्थ्यकर्मी र फ्रन्टलाइनमा रहेर काम गर्नेलाई खाना बनाउँदै गरेको एक तस्विर आफ्नो इन्स्टाग्राम स्टोरीमा पोस्ट्याएका छन् ।
 
भगवान कृष्णका भक्त रहेका अनमोल बुढानिलकण्ठस्थित राधाकृष्ण मन्दिरमा पूजाआजाका लागि पुगिरहेका हुन्छन् । निर्जला एकादशीका दिन त्यहाँ विशेष पूजा राखिएको थियो । त्यसमा अनमोल पनि सहभागी भए । त्यसपछि उनले बुढानिलकण्ठमा रहेको परोपकारी संस्था ‘फूड फर लाइफ नेपाल’ को भान्सामै गएर स्वास्थ्यकर्मीसँगै अन्य फ्रन्टलाइन वर्करका लागि खाना बनाएका हुन् ।
Most Visited News (monthly)