Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 3.00/5.00)
Text size:-
+
-

वर्षा भन्छिन्, ‘आजसम्म कसैसँग प्रेम भएन’

फिल्मीखबर, काठमाडौं, 2021/07/18
 
राजनीतिज्ञ र कलाकारको बोली छेपारोले रंग फेरेझैँ बदलिरहन्छ । उनीहरु आज बोलेको कुरा भोलीपल्टै त्यो आफूले बोलेकै होइन भन्न भ्याउँछन् । अभिनेत्री वर्षा सिवाकोटीकै कुरा गर्ने हो भने अघिल्लो वर्ष उनले अमेरिका बस्ने सविनजंग थापासँगको प्रेम स्वीकार गर्दै आउँदो २ वर्षभित्र बिहे गर्ने बताएकी थिइन् । तर, अहिले उनी आजसम्म आफू कसैको प्रेममा नभएको दाबी गरिरहेकी छिन् ।
 
शनिवार पत्रकार ऋषि धमलासँगको कुराकानीमा उनले आजसम्म आफ्नो कसैसँग प्रेममा नभएको बताएकी हुन् । उनले भनेकी छन्, ‘मेरो आजसम्म कसैसँग प्रेम सम्बन्ध भएन । प्रेम हुन्थ्यो भने त्यो व्यक्तिसँग मैले विवाह गरिसकेको हुने थिएँ । भोलीका दिनमा म जोसँग बिहे गर्छु, सम्झनुहोस् कि म त्यो व्यक्तिसँग नै प्रेममा रहेछु ।’ सविन र वर्षाको प्रेम सम्बन्ध १७ महिनामै टुटेको थियो ।
 
सविनसँग अलग भएपछि उनी अभिनेता राज कटुवालसँग नजिकिएकी थिइन् । अहिले उनीहरु गहिरो प्रेममा रहेको चर्चा छ । यो जोडीले चाँडै विवाह गर्न लागेको पनि गाइँगुइँ सुनिएको छ । सामाजिक सञ्जालमा वर्षाले राजसँगका तस्विर शेयर गर्दै प्रेम व्यक्त गरिरहेकी हुन्छिन् । तर, उनले राजसँग आफू प्रेममा नभएको बताएकी छन् । आफूहरु मिल्ने साथी मात्र रहेको उनको भनाई छ ।
 
‘मेरो जीवनमा धेरै साथी सर्कर छैन । म अलिकता रिजर्भ बस्ने मान्छे हुँ । ६/७ महिनादेखि म राजसँग नजिक अवश्य छु । तर, हामीबीच प्रेम छैन,’ राजको बारेमा उनी भन्छिन्, ‘मलाई राजको सबै कुरा मन पर्छ । मन नपर्ने एउटा पनि कुरा छैन । तर, राजसँग विवाहको बारेमा मैले सोचेको छैन ।’ वर्षाले आफू २ वर्षभित्र विवाह बन्धनमा बाँधिने सोचमा रहेको पनि बताएकी छन् ।
Most Visited News (monthly)