Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

महेश बाबूले नकारे ॠतिक र दीपिकाको ‘रामायण’

एजेन्सी, मुम्बई, 2021/07/25
 
बलिउडमा रामायण, महाभारत जस्ता एपिक विषयमा फिल्म बनाउने ट्रेन्ड नै चलेको छ । प्रभास, दीपिका पादुकोण र सैफ अली खान चाँडै रामायणमा आधारित फिल्म ‘आदिपुरुष’ मा काम गर्दैछन् । निर्माता मधु मन्टेनाले पनि गत वर्ष ‘रामायण थ्रीडी’ फिल्म निर्माण गर्ने घोषणा गरेका थिए । नितिश तिवारीले निर्देशन गर्ने फिल्ममा ॠतिक रोशन र दीपिका पादुकोण एकसाथ देखिँदैछन् । 
 
साउथ सुपरस्टार महेश बाबूलाई पनि फिल्म ‘रामायण थ्रीडी’ का लागि भगवान् रामको रोल अफर गरिएको थियो । तर, उनले यो फिल्ममा काम नगर्ने भएका छन् । उनले ‘बाहुबली’ फेम्ड निर्देशक एसएस राजामौलीको फिल्मलाई पहिला नै डेट्स दिइसकेकाले ॠतिक र दीपिकासँगको प्रोजेक्ट नकारेका हुन् । उनलाई ‘रामायण थ्रीडी’ को भन्दा राजामौलीको फिल्मको स्टोरी मन परेको छ ।
 
फिल्ममा ॠतिकले रावणको भूमिका निर्वाह गर्नेछन् भने दीपिका सीता माताको भूमिकामा देखिनेछिन् । तर, यो फिल्मभन्दा अगाडि ॠतिकले साउथ फिल्म ‘विक्रम वेधा’ को हिन्दी रिमेकको छायांकन गर्नेछन् । उनको पाइपलाइनमा फिल्म ‘फाइटर’ पनि छ । त्यस्तै, दीपिकाले ‘पठान, द इन्टर्न र फाइटर’ फिल्मको छायांकन पूरा गरेपछि ‘रामायण थ्रीडी’ का लागि समय निकाल्नेछिन् ।
Most Visited News (monthly)