Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

स्टोरी बैंकका लागि बोर्डले माग्यो कथा र पटकथा

फिल्मीखबर, काठमाडौं, 2021/07/27
 
गत वर्ष चलचित्र विकास बोर्डले यथार्थपरक, कलात्मक फिल्म निर्माणमा प्रोत्साहित गर्न भन्दै स्टोरी बैंक स्थापना गरेको थियो । बोर्डले अगाडि सारेको स्टोरी बैंकको अवधारणालाई सरकारले आर्थिक वर्ष २०७८/०७९ को बजेटमा सम्बोधन पनि गर्‍यो । अब ‘स्टोरी बैंक’ मा दर्ता हुने कथा तथा पटकथामध्ये केहीलाई छनौट गरेर चलचित्र विकास बोर्डमार्फत् सरकारले सह-लगानी गर्नेछ ।
 
स्टोरी बैंकलाई कार्यन्वयनमा ल्याउन चलचित्र विकास बोर्डले सोमवार गोरखा पत्र दैनिकमा सूचना प्रकाशन गर्दै ६० दिनभित्र कथा तथा पटकथा पेश गर्न आह्वान गरेको छ । मौलिक, ऐतिहासिक, यथार्थपरक, कलात्मक कथावस्तु, सामाजिक, साँस्कृतिक, सन्देशमूलकमा चलचित्र निर्माण गर्न प्रोत्साहनका लागि उत्कृष्ट कथा, पटकथा छनौट गरी सह-निर्माण गरिने सूचनामा उल्लेख छ । 
 
त्यस्तै, स्टोरी बैंकमार्फत् कथा, पटकथा लेखनमा लेखकहरूलाई आवश्यक पर्दा विशेषज्ञता समेत उपलब्ध गराउने र त्यस्ता कथा, पटकथा (स्कृप्ट) मा निर्माण भएका चलचित्रहरूको अन्तर्राष्ट्रियस्तरमा गैरव्यवसायिक प्रदर्शन (महोत्सव, अवार्डमा सहभागिता) लाई प्रोत्साहित गरिने भएकाले अबको ६० दिनभित्र कथा तथा पटकथा पेश गर्न बोर्डले जारी गरेको सूचनामा भनिएको छ ।
 
स्टोरी बैंकमा सहभागिताका लागि कथा, पटकथा लेखक वा निर्माता नेपाली नागरिक हुनुपर्ने, चलचित्रको कथा, पटकथा (स्कृप्ट) मा चलचित्र निर्माण गरेको हुनु नहुने, लघु चलचित्र वा कथानक चलचित्र हुनुपर्ने, कथा, पटकथा (स्कृप्ट) मा चलचित्र निर्माण गर्न लेखकसँग सम्झौता भएको भए कथा, पटकथा (स्कृप्ट) लेखक र निर्माण पक्षबीचको सम्झौतापत्र पेश गर्नुपर्ने सर्त राखिएको छ ।
Most Visited News (monthly)