Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 1.00/5.00)
Text size:-
+
-

सञ्जय दत्तका कारण ‘केजीएफ २’ को रिलिज अन्योल

एजेन्सी, मुम्बई, 2021/07/26
 
साउथको सुपरहिट फिल्म ‘केजीएफ’ को सिक्वेलको प्रतिक्षा कसले नगरेको होला र ? पहिलो पार्टको सफलतापछि दर्शक लामो समयदेखि ‘केजीएफ २’ को प्रतिक्षामा छन् । अहिले फिल्मको पोस्ट प्रोडक्सनको काम भइरहेको छ । निर्माण टिमले फिल्मका सबै कलाकारको डबिङ सकेर रिलिज डेट घोषणा गर्ने तयारी गरेको भए पनि अभिनेता सञ्जय दत्तका कारण निकै समस्या भएको छ ।
 
‘केजीएफ २’ सञ्जय दत्तको करिअरको सबैभन्दा ठूलो फिल्म हो, जुन ५ अलग-अलग भाषामा निर्माण भएको छ । तर, अहिलेसम्म उनले फिल्मको डबिङ सुरु गरेका छैनन् । उनले डबिङ पूरा नगरेसम्म फिल्मको रिलिज डेट घोषणा गर्ने पक्षमा निर्माण कम्पनी छैन । फिल्ममा उनले खलनायक अधीराको भूमिका निभाएका छन् । पर्दामा दर्शकले सञ्जय र यशबीचको भिडन्त हेर्न पाउनेछन् ।
 
यो पीरियड ड्रामा ७० को दशकमा आधारित छ । प्रशान्त नील निर्देशित ‘केजीएफ २’ मा यशको अपोजिटमा अभिनेत्री श्रीनिधी शेट्टी देखिँदैछिन् । अघिल्लो पार्टमा पनि उनको अभिनय थियो । ठूलो बजेटमा निर्माण भएको यस फिल्ममा अभिनेत्री रवीना टण्डनको पनि मुख्य भूमिका छ । गत वर्ष निर्माण टिमले सञ्जय दत्तको जन्मदिनमा उनी फिचर पोस्टर सार्वजनिक गरेको थियो ।
Most Visited News (monthly)