Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 6547 - 6552 of 23772
फिल्मीखबर, काठमाडौं, 2021-08-26, बिहिवार

कोरोना महामारीका कारण विगत डेढ वर्षदेखि नेपाली फिल्म क्षेत्र कोमा छ । गत वर्ष ९ महिना बन्द भएर खुलेको फिल्म क्षेत्र चलायमान हुन नपाउँदै कोरोनाको दोस्रो लहर फैलिएसँगै फेरि बन्द भयो । गत बैशाखबाट जारी निषेधाज्ञा खुकुलो भएर भीडभाड हुने विभिन्न क्षेत्र खुलिसक्दा समेत फिल्म क्षेत्र खुल्ने अझै टुंगो लागेको छैन । यद्यपि, भित्रभित्रै फिल्मको काम भने भइरहेको छ ।

एजेन्सी, मुम्बई, 2021-08-25, बुधवार

करगिल वारका हिरो क्याप्टेन विक्रम बत्राको बायोपिक ‘शेरशाह’ लाई दर्शक र समीक्षकले निकै रुचाएका छन् । गत हप्ता ओटीटी प्लेटफर्ममा रिलिज भएको फिल्म आइएमडिबीमा ८.९ रेटिङका साथ 'नम्बर वान' टप रेटेड हिन्दी फिल्म बनेको छ । पाकिस्तानमा समेत फिल्मको प्रशंसा भइरहेको छ । यो फिल्मबाट अभिनेता सिद्धार्थ मल्‍होत्राले अभिनयमा आफूलाई प्रमाणित गरेका छन् ।

फिल्मीखबर, काठमाडौं, 2021-08-25, बुधवार

भारत र नेपालको सिमानामा काँडेतार लगाउनुपर्ने आवाज उठाउँदै आएका निर्देशक तथा कलाकार नवल खड्काले ‘काँडेतार’ नाममा फिल्म निर्माण गर्ने भएका छन् । कोरोना महामारी सामान्य भएको खण्डमा आउँदो तिहारपछि छायांकनमा निस्कने तयारीमा रहेको फिल्मलाई नवलले शंकर कार्कीसँग मिलेर निर्देशन गर्देछन् । फिल्ममा उनी स्वयंको अभिनय र निर्माण रहनेछ । 

फिल्मीखबर, काठमाडौं, 2021-08-25, बुधवार

दर्शकले रुचाएको गीतको नाम सापटी लिएर फिल्म बनाउने ट्रेन्ड नेपाली फिल्म क्षेत्रमा निकै चलेको छ । ‘सम्हालिन्छ कहिले मन, म यस्तो गीत गाउँछु, रातो टिका निधारमा, मेरो एउटा साथी छ, काले दाई, कसले चोर्‍यो मेरो मन’ लगायतका चर्चित गीतको नाममाथि फिल्म बनेका छन् । हिट गीतको नाममा फिल्म बनाउँदा लगानी उठाउन सजिलो हुने विश्वास निर्माता/निर्देशकमा छ ।

फिल्मीखबर, काठमाडौं, 2021-08-25, बुधवार

दुई वर्ष अगाडि फिल्म ‘लभ डायरीज’ को ट्रेलर सार्वजनिक कार्यक्रममा रुविना थापाले भनेकी थिइन्, ‘यो फिल्मबाट अभिनेत्री बन्ने सपना त पूरा भयो तर फिल्मी दुनियाँमा अटाउन गाह्रो छ ।’ बाहिरबाट देखेझैँ यो क्षेत्रमा स्थापित हुन पटक्कै सजिलो छैन भन्ने कुरा फिल्ममा आउनुभन्दा अगावै उनले बुझिसकेकी थिइन् । ‘लभ डायरीज’ को असफलतापछि त यो कुरा उनले महशुस नै गरिन् । 

फिल्मीखबर, काठमाडौं, 2021-08-24, मंगलवार

कोरोना भाइरसको दोस्रो लहर फैलिएसँगै गत बैशाखबाट पूर्ण रुपमा ठप्प रहेको फिल्म क्षेत्र अझै खुल्ने छाँटकाँट देखिएको छैन । कोभिड संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले संक्रमण दर १५ प्रतिशतमा झरेपछि मात्र सिनेमा हल लगायतका मनोरञ्जन क्षेत्र खुलाउन अनुमति दिने कार्यविधि तयार पारेपछि दशैंअघि फिल्म क्षेत्रका गतिविधि सुचारु हुने सम्भावना अत्यन्त न्यून देखिएको छ ।

Results : 6547 - 6552 of 23772
Most Visited News (monthly)