
अभिनेता अक्षय कुमार अभिनीत फिल्म ‘बेल बटम’ को कमाईले बलिउड फिल्मकर्मीहरु निराश भएका छन् । कोरोनाको दोस्रो लहर सुरु भएपछि पहिलो पटक सिनेमा हलमा रिलिज भएको यो फिल्मले बक्सअफिसमा कमजोर कमाई गरेको छ । ४५ करोडमा बनेको फिल्मले चार दिनमा १३ करोड ४५ लाख छापेको छ । फिल्मको पहिलो दिने कमाई २ करोड ७५ लाख थियो ।

विगत केही वर्षदेखि फिल्मको विभिन्न विधामा अध्यापन गराउँदै आएको थापागाउँस्थित कान्तिपुर फिल्म एकेडेमीका विद्यार्थीहरुले अध्ययनबाट सिकेको ज्ञान र सीपलाई प्रयोग गरेर फिल्म निर्माण गरेका छन् । एकेडेमीबाट ग्राजुएट भएका विद्यार्थीहरुले बनाएको ७ वटा सर्ट फिल्मको गत हप्ता काठमाडौंस्थित वान सिनेमाज् हलमा अभिनेता राजेश हमालको उपस्थितिमा प्रदर्शन गरियो ।

प्रविधिको विकाससँगै नेपालमा फेसबुक, ट्विटर, इन्स्टाग्राम जस्ता सामाजिक सञ्जाल प्रयोग गर्ने मानिसको संख्या दिन प्रतिदिन रफ्तारमा बढेको छ । आम मानिस मात्र नभइ नेपाली सेलिब्रेटीहरु पनि सोसल मिडियाका क्रेजी छन् । आफ्नो भनाई राख्न, तस्विर तथा मिडियोहरु पोस्ट गर्न, दैनिक गतिविधिबारे प्रशंसकहरुलाई जानकारी दिन उनीहरुले सोसल मिडिया प्रयोग गर्ने गर्दछन् ।

बलिउड अभिनेता सलमान खान र अभिनेत्री कटरीना कैफको जोडी एकपटक फेरि पर्दामा फर्किएको छ । शुक्रवारबाट फिल्म ‘टाइगर ३’ को छायांकनका लागि उनीहरु रुस पुगेका छन् । त्यहाँ फिल्मको सेटबाट सलमानको केही तस्विरहरु लिक भएको छ । खैरो रंगको लामो दाह्री र कपालमा उनलाई चिन्न समेत मुश्किल पर्छ । फिल्मको अहिले एक्सन सिनको छायांकन भइरहेको छ ।

नेपालको सबैभन्दा ठूलो एक्सन-थ्रिलर फिल्म दाबी गरिएको ‘एक्स ९’ मा अहिलेका हटकेक अभिनेता पुष्प खड्काको प्रवेश भएको छ । गत वर्ष नै मौखिक सहमति भए पनि आइतवार मात्र निर्माण टिमले उनीसँग औपचारिक रुपमा कागजी सम्झौता गरेको हो । फिल्ममा पुष्प एक्सन भूमिकामा प्रस्तुत हुने बताइएको छ । यसका लागि उनी केही महिना एक्सनको तालिम लिने तयारीमा छन् ।

नेपाली फिल्म इतिहासमा सबैभन्दा सफल फिल्म ‘छक्का पञ्जा’ सिरिज हो । यसका तीनवटै सिरिजले कमाइमा नयाँ रेकर्ड बनाएको थियो । नेपाली फिल्मले घरेलु बजारमै यतिसम्म कमाई गर्न सक्छ भन्ने उदाहरण पेश गरेको यो फिल्मका तीनै सिरिजलाई दीपाश्री निरौलाले निर्देशन गरेकी हुन् । यसअर्थमा उनलाई नेपाली फिल्म इतिहासकै सबैभन्दा सफल निर्देशक मान्न सकिन्छ ।

