Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

रानू मन्डलको जीवनीमा फिल्म बन्ने

एजेन्सी, मुम्बई, 2021/09/08
 
सन् २०१९ मा एक भिडियो भाइरल भएपछि रानू मन्डल रातारात स्टार बनिन् । वेस्ट बंगालमा विहान बेलुकाको छाक टार्न संघर्ष गरिरहेकी उनको सुमधुर आवाजले यस्तो फेम मिल्यो कि उनलाई बलिडका चर्चित गायक हिमेश रेशमियाले ‘तेरी मेरी’ गीत अफर गरे । यो गीत निकै चर्चामा रह्यो । तर, रानूको स्टारडम भने लामो समय चल्न सकेन । अहिले उनी लाइमलाइटबाट टाढा छिन् । 
 
अब रानू मन्डलको जीवनीमा फिल्म निर्माण हुने भएको छ । फिल्मलाई ऋषिकेश मन्डलले निर्देशन गर्दैछन् । रानूको बायोपिकमा दक्षिण भारतीय अभिनेत्री इशिका डे लिड रोलमा देखिने भएकी छन् । उनले यसअघि अभिनेता सैफ अली खान स्टारर वेव सिरिज ‘सेक्रेड गेम्स’ मा अभिनय गरेकी थिइन् । ट्रिब्यूनल इन्डियाको रिपोर्ट अनुसार, फिल्मको नाम ‘मिस रानू मारिया’ जुराइएको छ ।
 
यो फिल्मका लागि मुख्य भूमिकामा अभिनेत्री खोज्न निर्माण टिमलाई निकै मुश्किल भएको थियो । रानू मन्डलको रोलका लागि धेरै अभिनेत्रीलाई प्रस्ताव गरिएको भए पनि प्रायःले उनको रोल गर्न बेइज्जत महशुस गरेको निर्देशक मन्डलले बताएका छन् । यो फिल्मलाई पहिला निर्माण टिमले बंगाली भाषामा मात्र बनाउने तयारी गरेको भए पनि अब हिन्दी भाषामा निर्माण हुने भएको छ । 
Most Visited News (monthly)