Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

जब राधिका आप्टेलाई एडल्ट फिल्मको अफर आउन थाल्यो

एजेन्सी, मुम्बई, 2021/09/07
 
बलिउड अभिनेत्री राधिका आप्टे जीवन्त चरित्र र सानदार अभिनय कलाका कारण परिचित छिन् । फिल्ममा जुनसुकै चरित्रमा आफूलाई ढाल्न सिपालु मानिने उनले ‘वाह लाइफ हो तो ऐसी’ फिल्मबाट बलिउडमा डेब्यू गरेकी थिइन् । यसपछि उनले ‘पार्च्ड, रक्त चरित्र, शोर इन द सिटी, माँझी द माउन्टम्यान, बदलापुर, हन्टर’ जस्ता कयौं सानदार फिल्ममा अभिनय गरिसकेकी छन् । 
 
उनका लागि बलिउडको सफर अत्यन्त कष्टकर थियो । करिअरको सुरुवाती समयमा उनले बलिउडको रंगीन दुनियाँको पछाडि छिपेको फोहोरी खेलको पनि सामना गरेकी थिइन् । हिन्दीपछि मराठी, तमिल, तेलुगु, बंगालीसहित अरु पनि धेरै प्रान्तीय भाषाका फिल्ममा अभिनय गरेकी उनलाई एक समय तमिल फिल्मको छायांकनको क्रममा एक कलाकारले दुर्व्यवहार समेत गरेका थिए ।
 
एक अन्तर्वार्तामा राधिकाले त्यो क्षण सम्झँँदै भनेकी छन्, ‘छायांकनको क्रममा तमिलका एक नाम चलेका कलाकार मेरो नजिक आए र मेरो खुट्टामा काउकुती लगाउन थाले । मैले यो हर्कत सहन सकिनँ र उसलाई बेस्सरी गालामा थप्पड हानेँ ।’ उनले ‘अहल्या र बदलापुर’ फिल्ममा बोल्ड सिन दिएकी थिइन् । यसपछि आफूलाई एडल्ट फिल्मको अफर आउन थालेको उनले बताएकी छन् ।
 
यसबारेमा उनले भनेकी छन्, ‘लगातार एडल्ट फिल्मको प्रस्ताव आउन थालेपछि मैले फोन नै बन्द गरेर राख्न बाध्य भएको थिएँ । यसबाट म निकै दु:खी र चिन्तित भएको थिएँँ ।’ बेला-बखतमा आफ्नो अभिव्यक्तिसँगै बोल्ड सिन र तस्विरका कारण विवादमा घेरिने गरेकी उनले ‘प्याडम्यान, अन्धाधुन, बदलापुर, सेक्रेड गेम्स’ जस्ता फिल्म र वेब सिरिजबाट निकै वाहवाही बटुलेकी थिइन् । 
Most Visited News (monthly)