
गत वर्ष ९ महिना बन्द भएर खुलेका सिनेमा हल कोरोना महामारीको दोस्रो लहर सुरु भएसँगै तीन महिनामै बन्द भयो । पछिल्लो समय संक्रमण दर कम हुँदै गएपछि सरकारले गत हप्ता स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर ५० प्रतिशत अकुपेन्सीमा तीन जिल्ला (काठमाडौं, भक्तपुर र ललितपुर) का सिनेमा हल सञ्चालन गर्न अनुमति दिएको छ । तर, हल भने अझै खुलेका छैनन् ।

भारतीय फिल्म उद्योगको सबैभन्दा ठूलो कम्पनीमध्ये एक टि-सिरिज र रिलायन्स इन्टरटेनमेन्टले विभिन्न विषयका १० वटा फिल्म निर्माणमा व्यवासयिक सहकार्य गर्ने भएको छ । यी दुई कम्पनीबीच फिल्ममा करीब हजार करोड लगानी गर्ने सम्झौता भएको भारतीय मिडियाले उल्लेख गरेका छन् । जसअन्तर्गत ठूला बजेटका फिल्मसँगै सामाजिक विषयमाथि पनि फिल्म निर्माण हुनेछ ।

सरकारले स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर २५ जनाको समुहमा छायांकनको अनुमति दिएसँगै फिल्म निर्माण हुने क्रम विस्तारै बढेको छ । यसैक्रममा आइतवारबाट फिल्म ‘चिठ्ठी’ को छायांकन सुरु भएको छ । काभ्रेको दोलालघाटमा मुहूर्त गर्दै फिल्मको दृश्य खिच्न सुरु गरिएको हो । माधवराज खरेलले निर्देशन गरिरहेको फिल्मको दोलालघाटपछि काठमाडौंमा छायांकन हुनेछ ।

फिल्म ‘जात्रा’ बाट निर्देशकिय यात्रा सुरु गरेका प्रदीप भट्टराईले निर्देशनमा आफूलाई प्रमाणित गरिसकेका छन् । ‘शत्रु गते’ र ‘जात्रा’ सिरिजले उनलाई कमेडी फिल्म निर्देशनमा एक अब्बल निर्देशकको रुपमा चिनायो । उनी निर्देशित तीनै फिल्मले सिनेमा घरमा सफलतापूर्वक ५१औं दिन मनाए । जसले गर्दा उनको नाम नेपाली फिल्मको सफल निर्देशकको रुपमा आउने गरेको छ ।

अनमोल केसी अभिनीत फिल्म ‘गाजलु’ बाट फिल्म निर्माणमा होमिएका रोहित अधिकारीलाई पहिलो प्रयासमै सफलता मिल्यो । यो फिल्मबाट अनमोलको स्टारडम उचाइँमा पुगेको थियो भने रोहितले पनि राम्रो नाफा कमाए । यसपछि उनले दोस्रो पटक हेमराज विसीसँग सहकार्य गर्दै फिल्म ‘द ब्रेकअप’ निर्माणको घोषणा गरे । तर, छायांकनकै क्रममा उनले फिल्मबाट हात झिके ।

निर्देशक सुदर्शन थापा र अभिनेत्री पूजा शर्माको सम्बन्धलाई फिल्म क्षेत्रमा उदाहरणीय मानिन्छ । उनीहरुबीच व्यवसायिक सम्बन्ध मात्र बलियो छैन, व्यक्तिगत रुपमा पनि उतिक्कै नजिक छन् । फिल्म ‘प्रेमगीत’ पछि उनीहरुको एकअर्कासँग लामो समय नाम जोडियो । बेला-बखतमा खटपटको खबर पनि नआएको होइन । तर, आजका दिनसम्म उनीहरु मिलेरै अगाडि बढिरहेका छन् ।

