Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘गोर्खा वारियर २’ को सुटिङ थाल्ने तयारीमा चाम्स

फिल्मीखबर, काठमाडौं, 2021/09/07
 
गत वर्ष कोरोना महामारीका कारण जारी लकडाउन अन्त्यपछि निर्देशक तथा निर्माता मिलन चाम्सले आफ्नो ड्रिम्स प्रोजेक्ट ‘गोर्खा वारियर २’ को घोषणा गरेका थिए । पहिलो पार्टभन्दा अगाडि दोस्रो पार्ट निर्माण गर्न लागेका उनले फिल्मको ३० प्रतिशत छायांकन पनि पूरा गरिसकेका छन् । तर, कोरोनाको दोस्रो लहर सुरु भएर निषेधाज्ञा जारी भएपछि फिल्मको छायांकन अधुरैमा अड्कियो ।
 
अब आउँदो कात्तिक २ गतेबाट फिल्मको बाँकी सुटिङ सुरु गर्ने तयारीमा चाम्स छन् । हालै उनी फिल्मका लागि चाहिने प्राविधिक सामाग्री लिन बेलायत पुगेका थिए । यसै साता नेपाल आएका उनले भने, ‘फिल्ममा ७०/८० वर्ष अगाडि गोर्खाली सेनाले प्रयोग गर्ने कस्टुम, हातहतियार लगातका सामाग्री चाहिने भएकाले त्यो लिन बेलायत गएको थिएँ । केही दिनमा त्यो सबै नेपाल आउँँदैछ ।’
 
उनले मुम्बईबाट एक चरण फिल्मको प्राविधिक सामाग्री आइसकेको र अर्को चरण पनि आउन बाँकी रहेको बताए । फिल्ममा युद्धको सिन फिल्मांकन गर्नका लागि चाहिने हातहतियारदेखि ‘प्रप’ सम्म सबै भारत र यूकेबाट नेपाल आउने उनको भनाई छ । नेपालपछि मलेशिया र बेलायतमा फिल्मको छायांकन हुनेछ । बेलायतमा भने फिल्मका छायांकन स्टूडियोभित्र हुने चाम्सले बताए ।
 
अनुमानित ३ करोडको बजेटमा निर्माण हुन लागेको फिल्मले गोर्खाली सेनाको वीरता र योगदानको कथा भन्नेछ । फिल्ममा रितेश चाम्स, रेविका गुरुङ, विजय लामा, रियर राई, भुवनसिंह राई, शिशिर वाङ्देल, बुद्धी तामाङ, कविता आले, विरुप घले लगायतको अभिनय रहनेछ । सुदिप बरालले खिच्ने फिल्मलाई यस वर्षभित्र सम्पूर्ण छायांकन सकेर २०२२ मा प्रदर्शन गर्ने चाम्सको योजना छ ।
Most Visited News (monthly)