Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

अभिनेत्री ऋचा शर्मालाई पुत्र लाभ

फिल्मीखबर, काठमाडौं, 2021/09/08
 
अभिनेत्री ऋचा शर्मालाई पुत्र लाभ भएको छ । बुधवार बिहान थापाथलीस्ठित नर्भिक अस्पतालमा उनले छोरालाई जन्म दिएकी हुन् । ऋचा निर्णायक रहेको ‘कमेडी च्याम्पियन’ ले फेसबुक पेजमार्फत उनी आमा बनेको जानकारी गराएको हो । आमा र सन्तान दुवैको स्वास्थ्य अवस्था राम्रो रहेको बताइएको छ । ऋचाका श्रीमान दिपेक्ष राणाले छोरालाई बोकेको एक तस्बिर बाहिरिएको छ ।
 
ऋचाको २०७६ मंसिर २१ गते दिपेक्ष राणासँग विवाह भएको थियो । विवाहअघि उनीहरु करीब दुई वर्ष प्रेममा थिए । यस वर्षको न्यू इयरमा ऋचाले सोसल मिडियामा श्रीमानसँग सजीवनको विरुवालाई पानी हालिरहेको एक तस्बिर पोस्ट गर्दै आफू आमा बन्न लागेको जानकारी दिएकी थिइन् । डेलिभरी हुने समय नजिकिएपछि उनले हालै ‘कमेडी च्याम्पियन’ बाट विश्राम लिएकी थिइन् ।
 
हरेक प्रकारका चरित्रमा डुबेर अभिनय गर्न सिपालु मानिने ऋचाले फिल्म ‘फस्ट लभ’ बाट अभिनेत्रीको रुपमा डेब्यू गरेकी थिइन् । उनको करिअरकै उत्कृष्ट फिल्मको रुपमा ‘टलकजंग भर्सेस टुल्के’ लाई लिने गरिन्छ । यो फिल्मबाट उनले उत्कृष्ट अभिनेत्रीको राष्ट्रिय अवार्ड जित्न सफल भएकी थिइन् । उनी अभिनीत दुई नयाँ फिल्म ‘हिजो आजका कुरा र कौसीद’ प्रदर्शनको पखाईमा छ । 
Most Visited News (monthly)