Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

आमा बनेपछि ऋचा लेख्छिन्, ‘छोरालाई पुरुष मात्र नभएर असल मान्छे बनाउन सकुँ’

फिल्मीखबर, काठमाडौं, 2021/09/09
 
बुधवार पहिलो सन्तानको रुपमा छोरालाई जन्म दिएकी अभिनेत्री ऋचा शर्माले छोरालाई पुरुष मात्र नभएर असल मान्छे बनाउन सकुँ भन्ने मात्र अब आफूमा लोभ रहेको बताएकी छन् । बिहीवार नर्भिक अस्पतालको शैय्याबाट आफ्नो फेसबुकमा श्रीमानको साथमा छोरालाई छातीमा टँसाएको एक विशेष तस्बिर पोस्ट गर्दै उनले आमा बनेपछि मनमा उब्जिएका भाव व्यक्त गरेकी हुन् ।
 
छोराको नाम आभ्यान बिक्रम राणा राखेको जानकारी दिँदै उनले लेखेकी छन्, ‘हिजोसम्म आफैं केटा केटी छु जस्तै लागिरहेको थियो । आज एकाएक परिपक्व भएको झैँ आभास भइरहेको छ । सोच्दा पनि पृथ्वी बोके झैँ लाग्छ, आज मलाई आमा भन्ने कोही खासको आगमन भएको छ । अनेक कुराहरु मनमा खेलिरहेका छन् । उत्सुकता, अस्थिरता, हर्ष, पीर, डर, दृढता, संकल्पहरुको बाढी मनभित्र चलिरहेको छ ।’
 
पर्दामा अनेक भूमिका निभाउँदा निभाउँदै आज पर्दा बाहिर आमा बन्ने सौभाग्य पाउँदा यो जत्ति महत्वपूर्ण र न्यानो चरित्र आफूले कहिल्यै निर्वाह गर्न नपाएको उनले उल्लेख गरेकी छन् । आमा झैँ माया गर्ने सासु आमा, बुवा झैँ आशिष दिने ससुरा बुबा, मनले मागेभन्दा बढी बुझिदिने जीवनसाथी र आज सन्तानको आगमनले आफू जत्ति धनी मान्छे अरु कोही नभएको उनले बताएकी छन् ।
 
ऋचाको २०७६ मंसिर २१ गते दिपेक्ष राणासँग विवाह भएको थियो । विवाहअघि उनीहरु करीब दुई वर्ष प्रेममा थिए । गत नयाँ वर्षमा ऋचाले सोसल मिडियामा श्रीमानसँग सजीवनको विरुवालाई पानी हालिरहेको एक तस्बिर पोस्ट गर्दै आफू आमा बन्न लागेको जानकारी दिएकी थिइन् । डेलिभरी हुने समय नजिकिएपछि उनले गत हप्ता ‘कमेडी च्याम्पियन’ बाट सुत्केरी विदा लिएकी थिइन् ।
 

Most Visited News (monthly)