Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

पलसँगको सम्बन्धबारे समीक्षाको स्पष्टिकरण, ‘हामीबीच अनैतिक सम्बन्ध छैन’

फिल्मीखबर, काठमाण्डौ, 2021/10/24
नायक पल शाह र गायिका समीक्षा अधिकारी यतिबेला मिडियाका लागि गसिपको पात्र बनेका छन् । उनीहरुको सम्बन्धलाई लिएर मिडियामा लगातार गसिप बनिरहेको छ । यसबाट बच्न पल र समीक्षा केही समयदेखि मिडियाबाट भागिरहेका छन् । हालै एक राष्ट्रिय टेलिभिजन र अनलाइनले उनीहरुको सम्बन्धको बारेमा गोप्य कुरा कोट्याएपछि त्यसप्रति सबैको चासो बढेको छ । 
 
 
पलसँगको सम्बन्धको बारेमा राष्ट्रिय मिडियाहरुमा विभिन्न खाले समाचार आउन थालेपछि गायिका समीक्षा अधिकारीले आइतवार (आज) विहान सामाजिक सञ्जाल फेसबुकमा लामो स्टाटस लेख्दै आफूहरुबीच कुनै प्रकारको अनैतिक सम्बन्ध नरहेको स्पष्टिकरण दिएकी छन् । उनले पल शाहसँग जोडेर हुँदै नभएको कपोलकल्पित समाचारहरु मिडियामा आएकोमा आपत्ति जनाएकी छन् । 
 
उनले लेखेकी छन्, ‘समाचारमा मेरो र पलजीको सम्बन्धलाई तोडमोड गरेर तुच्छ प्रकारका कुराहरु मिडियामा आएका छन्, जसले मेरो चरित्र हत्या भएको छ । यसका साथै पलजीको करिअरमाथि आँच आउने किसिमले सस्तो प्रचार बाजी गरिएको छ । यसो नगर्न अनुरोध गर्दछु । विना स्रोत अफवाहमा लेखिएका समाचारले हामीलाई सामाजिक र चारित्रिक रुपमा असर पुर्‍याएको छ ।’
 
गायिका अधिकारीले एउटै इन्डस्ट्रीमा भएकोले पल शाहले आफूलाई अभिभावकको रुपमा माया गर्ने गरेको उल्लेख गरेकी छन् । उनले आफूहरुबीच कुनै प्रकारको अनैतिक सम्बन्ध नरहेको र आफूहरु केवल साथमा काम मात्र गरिरहेको बताएकी छन् । उनले आफूहरुको बारेमा मिडियामा आएका झुटा समाचारप्रति घोर निन्दा गर्दै यसको पछाडि नलाग्न फ्यानहरुलाई आग्रह गरेकी छन् ।
 
समीक्षा (१६), पल शाहको ठूलो फ्यान हुन् । पलले अभिनय गरेका म्यूजिक भिडियो हेरेरै उनी हुर्किइन् । जब उनले गायन यात्रा सुरु गरिन् तब उनको भेट पलसँँग भयो । त्यसै क्रममा उनले गाएका केही गीतमा पलले अभिनय गरे । ‘सुर्ती माड्दै’ गीतमा उनीहरुले एकसाथ अभिनय पनि गरेका छन् । यही गीतको छायांकनको क्रममा उनीहरु एकअर्कासँग नजिक भएको बताइन्छ ।
 
 

Most Visited News (monthly)