Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

समीक्षा अधिकारीसँग सांगीतिक सहकार्य मात्र छ : पल शाह

फिल्मीखबर, काठमाडौं, 2021/10/25
 
गायिका समीक्षा अधिकारीसँग नाम जोडेर मिडियामा विभिन्न खाले गसिप बनेपछि अभिनेता पल शाहले आपत्ति जनाएका छन् । सोमवार फेसबुकमा लामो स्टाटस लेख्दै उनले मिडियामा आएका गलत समाचारले आफू दुखी भएको र समीक्षासँगको मित्रता र सहकार्यलाई अनेक शिर्षक दिएर सिंगो पत्रकारितालाई बदनाम गर्ने र आफूहरुको चरित्रहत्या हुने कार्य नगर्न आग्रह गरेका छन् ।
 
समिक्षा अधिकारीसँग सांगीतिक सहकार्य मात्र रहेको उल्लेख गर्दै पलले लेखेका छन्, ‘जुनसुकै क्षेत्रमा काम गर्दा पनि केही व्यक्ति र समूह कहिँ न कहिँ कुनै न कुनै प्रकारले नजिक हुने गर्छ । मेरो पेशा र विधाका कारण म धेरै मान्छेहरुसँग सहकार्य गर्नुपर्ने हुन्छ र मसँग जोडिनु हुने मेरा अग्रज, अनुज र सहकर्मीहरुमाझ मैले सदैव आफूलाई सहज र सहयोगी तवरले प्रस्तुत गरिरहेको हुन्छु ।’
 
पल शाह अगाडि लेख्छन्, ‘हुँदै नभएका, गर्दै नगरिएका, विना आधारका कुराहरुलाई गसिप बनाएर एउटा कलाकार र उसको व्यक्तिगत जीवनमाथी आँच आउने किसिमले लेखिएका झुटा समाचारहरुले मलाई अत्यन्तै दु:खी बनाएको छ । यसरी कसैको व्यक्तिगत प्रतिष्ठा र चरित्र हत्या हुने गरि बदनाम गर्ने गरि समाचार नबनाउनुहुन मिडियाकर्मी ज्युहरुलाई हार्दिक अनुरोध गर्दछु ।’ 
 
उनले दर्शक स्रोता र मिडियालाई आफूले परिवार मानेको र यही घर परिवारको माया, आशीर्वाद र शुभेच्छाको कारणले गर्दा आज आफू यो स्थानसम्म आइपुगेको बताएका छन् । आफूले जानेर नजानेर कसैको चित्त दुखाएको भए पनि उनले उक्त पोस्टमार्फत माफी मागेका छन् । आइतवार समीक्षाले पनि फेसबुकमार्फत् पल शाहसँग अनैतिक सम्बन्ध नरहेको स्पष्टिकरण दिएकी थिइन् ।
 

Most Visited News (monthly)