Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

कटरीना र विक्कीले सुरु गरे बिहेको तयारी

एजेन्सी, मुम्बई, 2021/10/27
 
बलिउड इन्डस्ट्रीकी चर्चित अभिनेत्री कटरीना कैफ र अभिनेता विक्की कौशलको अफेयरको खबर लामो समयदेखि मिडियामा छाइरहेको छ । तर, यस विषयमा दुवैले कुनै जानकारी दिएका छैनन् । अब यो जोडीले विवाहको तयारी सुरु गरेको खबर भारतीय मिडियामा छ्यापछ्याप्ती भएको छ । उनीहरुले आउँँदो नोभेम्बर या डिसेम्बरमा विवाह बन्धनमा बाँधिने गरी तयारी थालेका छन् ।
 
टाइम्स अफ इन्डियाका अनुसार, कटरीना र विक्कीको लागि विवाहको पहिरन चर्चित फेशन डिजाइनर सब्यासाचीले डिजाइन गरिरहेकी छन् । कटरीनाले विवाहका लागि रअ सिल्क फेब्रिक (लेहेंगा) छानेकी छन् । यो जोडीले गत अगस्टमा नै गुपचुप रुपमा विवाह गरेको खबर बाहिरिएको थियो । पछिल्लो केही समययता उनीहरुलाई मिडियाहरुले प्रायः एकसाथ भेटाउने गरेका छन् । 
 
कटरीना र विक्कीको अफेयरको खबर आउन २०१८ बाट सुरु भएको थियो । फेमस च्याट शो ‘कफी विद करण’ को सिजन ६ मा कटरीनाले विक्क्कीसँग पर्दामा आफ्नो जोडी राम्रो देखिने बताएकी थिइन् । उनको फेभरेट एक्टर नै विक्की हुन् । उनी हालै फिल्म ‘सरदार उधम’ को प्रिमियरमा विक्कीसँग देखिएकी थिइन् । ‘उरी’ को सफलतापछि विक्कीको करिअर यतिबेला उत्कर्षमा छ । 
Most Visited News (monthly)