Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

राजेश हमालसँग धम्पुसमा वर्कसप गर्दै पल र मलिका

फिल्मीखबर, काठमाण्डौ, 2021/10/28
 
सुपरस्टार राजेश हमाल चार वर्षपछि फिल्म ‘सत्यम्’ बाट कमब्याक गर्दैछन् । यसमा उनलाई एक्सन अवतारमा देख्न पाइनेछ । फिल्ममा उनीसँगै अहिलेका सुपरस्टार पल शाहको पनि अभिनय रहनेछ । उनको जोडीको रुपमा मलिका महत देखिनेछिन् भने भिलेनको भूमिकामा अपुनविक्रम शाही रहने छन् । फिल्मको दुई दिनदेखि पर्यटकीय गन्तव्य धम्पुसमा वर्कसप चलिरहेको छ । 
 
वर्कसपमा हमाल पनि सहभागी छन् । सम्भवतः आफ्नो करिअरमा उनी पहिलो पटक कुुनै फिल्मको वर्कसपमा सहभागी भएका हुन् । करिअरको उत्कर्षमा उनलाई कुन फिल्ममा आफ्नो कस्तो भूमिका छ भन्ने कुरा सुटिङ सेटमा गएपछि मात्र थाहा हुन्थ्यो । वर्कसपका लागि समय दिन उनले फुर्सदै पाउँदैन थिए । ‘सत्यम्’ लाई लिएर उनी कति गम्भीर छन् यसबाट पनि बुझ्न सकिन्छ । 
 
धम्पुसमा हमालसँगै पल शाह, मलिका महत, किशन सुनार, मिलन सिजापति लगायतका कलाकारहरुले वर्कसप गरिरहेका छन् । तिहारपछि छायांकन सुरु हुने फिल्मको इन्डोर छायांकनका लागि निर्माण टिमले ठूलो खर्चमा पोखरामा भव्य सेट निर्माण गरेको छ । उक्त सेटमा हेलिकोप्टर क्रयासको दृश्यदेखि ठूला भवनहरुको दृश्यहरु खिचिने निर्देशक शंकर कार्कीले जानकारी दिए । 
 
अभय बराल, प्रिन्स प्रसिद्द सिंह थापा, नेरिस्का स्थापित, सूजन परियार लगायतका कलाकारहरुको पनि अभिनय रहने फिल्मका निर्माता रेशम सापकोटा हुन् । गणेश पौडेल एशोसियट निर्माता रहेको फिल्ममा सह-निर्माताहरुमा रेशम गौतम, सुबास भुर्तेल, श्याम मल्ल र कृष्ण अधिकारी छन् । अष्ट मान महर्जनको द्वन्द्व निर्देशन रहने यस फिल्ममा हमाल चार फरक लुक्स देखिनेछन् ।
 
राजेश हमाल र पल शाहले पहिलो पटक ठूलो पर्दामा स्क्रिन शेयर गर्न लागेका हुन् । यसअघि उनीहरुले एक म्यूजिक भिडियोमा भने एकसाथ काम गरेका थिए । आफ्नो फेभरेट सुपरस्टारसँग फिल्ममा काम गर्ने अवसर पाएकोमा पल खुसी देखिएका छन् । त्यस्तै, उनले मलिकासँग पनि पहिलो पटक फिल्ममा काम गर्न लागेका हुन् । म्यूजिक भिडियोमा भने यो जोडी निकै जमेको छ । 
Most Visited News (monthly)