.jpg)
बलिउड सुपरस्टार अक्षय कुमार र कटरीना कैफ स्टारर फिल्म ‘सूर्यवंशी’ ले यो सावित गरेको छ कि चाहे जे सुकै होस् थिएटरप्रति दर्शकको आकर्षण कम हुँदैन । कोरोनाका कारण दुई वर्ष अड्किएको यो फिल्मले यतिबेला बक्सअफिसमा सानदार कमाई गरिरहेको छ । प्रदर्शनको पाँच दिनमै सय करोड कमाउन सफल भएको फिल्म अब डेढ करोडको रफ्तारमा अघि बढेको छ ।
कमेडी, एक्सन, सोसल ड्रामा हरेक प्रकारका फिल्ममा फिट मानिने अक्षय कुमारका लागि सय करोडको आँकडा सामान्य बन्दै गएको छ । उनका अहिलेसम्म १४ वटा फिल्मले घरेलू बक्सअफिसमै सय करोडभन्दा बढीको कमाई गरेका छन् । केही फिल्मले त २ सय करोडको आँकडा पनि पार गरेका रेकर्ड छन् । यसैले पछिल्लो समय उनलाई बलिउडको हिट मेशिन भन्ने गरिएको छ ।
अक्षयले अभिनय गरेका ‘हाउसफुल २’ ले १०६ करोड, ‘गुड न्यूज’ ले २०५ करोड, ‘हाउसफुल ४’ ले १९४ करोड, ‘२.०’ ले १८९ करोड, ‘गोल्ड’ ले सय करोड, ‘जोली एलएलबी २’ ले ११७ करोड, ‘एयरलिफ्ट’ ले १२७ करोड, ‘रुस्तम’ ले १२७ करोड, ‘होलिडे’ ले ११२ करोड, ‘राउडी राठोर’ ले १३३ करोड, ‘हाउसफुल ३’ ले १०९ करोड, ‘मिशन मंगल’ ले २०२ करोड र ‘ट्वाइलेट’ ले १३४ करोडको कमाई गरेका छन् ।
उनका ‘सिंह इज किंग, वेलकम, फिर हेरा फेरी, गरम मसला, मुझसे शादी करोगी, अन्दाज’ जस्ता फिल्म पनि सफल मानिन्छन् । पछिल्लो समय लगातार हिट फिल्म दिइरहेका अक्षयका एक समय ‘दीदार, सैनिक, हम हैं बेमिसाल, तू चोर मैं सिपाही, इन्साफ, संघर्ष’ जस्ता फिल्म फुलप पनि भएका थिए । केही वर्षयता उनीमाथि निर्माताले विश्वास गरेर करोडौंको लगानी गर्ने गरेका छन् ।

