.jpg)
कोरोना महामारीका कारण अड्किएको फिल्म ‘मन्त्र’ ले प्रदर्शन मिति घोषणा गरेको छ । सोमवार नयाँ पोस्टरसहित निर्माण टिमले आगामी माघ २८ गतेलाई प्रदर्शन मिति घोषणा गरेको हो । सार्वजनिक पोस्टरमा फिल्मका कलाकारहरु सौगात मल्ल, दीया पुन र बुद्दि तामाङ मात्र प्रस्तुत छन् । पोस्टरमा उनीहरुलाई भिन्न गेटअपमा देख्न सकिन्छ । खिल बहादुर गुरुङ फिल्मका निर्देशक हुन् ।
गोर्खा सिरान चोक एन्ड लिगलिग कोट फिल्मस्को ब्यानरमा निर्माण भएको फिल्ममा हिमाली भेगको सुन्दर दृश्यहरु कैद गरिएको छ । ‘मन्त्र’ एउटा अर्गानिक फिल्म रहेको निर्देशक गुरुङले दाबी गरेका छन् । करिब ५१०० मिटरभन्दा माथिको उचाइँमा रहेको मनास्लु हिमालको बेसक्यामसम्म पुगेर छायांकन भएको फिल्ममा मनास्लु क्षेत्र आसपासको कथाबस्तुलाई आधार बनाइएको छ ।
यस फिल्ममा नमिता घिसिङ्ग, बिर बहादुर लामा, पासाङ्ग टि शेर्पा लगायतको पनि अभिनय छ । देबेन्द्र मानन्धर कार्यकारी निर्माता रहेको फिल्ममा रविराज कार्की, सुरेश कार्की र सुभ श्रेष्ठको लगानी, साम्तेन भुटियाको कथा, सन्तोष सुनारको संगीत, सञ्जय लामाको छायांकन, मित्र डि गुरुङको सम्पादन र सुजिल कर्माचार्यको संगीत छ । ‘मन्त्र’ लाई हिमालयन लभ स्टोरी भनिएको छ ।

