Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

राप्रपाको अध्यक्षमा राजेन्द्र लिङ्देनका लागि भोट माग्दै रेखा

फिल्मीखबर, काठमाडौं, 2021/11/29
rekha thapa
 
राजावादी राजनीतिक दल राष्ट्रिय प्रजातन्त्र पार्टीको यही मंसिर १५, १६ र १७ गते काठमाडौंमा केन्द्रीय एकता महाधिवेशन हुँदैछ । महाधिवेशन नजिकिँदै गर्दा नेतृत्व चयनको लागि आपसमा रस्साकस्सी सुरु भएको छ । राप्रपाका वर्तमान अध्यक्ष कमल थापा पुनः अध्यक्षमा उठ्दैछन् भने उनलाई झापाका राजेन्द्र लिङ्देनले चुनौती दिने भएका छन् । दुवै पार्टीभित्र राम्रो पकड भएका नेता हुन् ।
 
राप्रपा निकट मानिने फिल्मकर्मीहरु पनि यतिबेला कोही कमल थापा त कोही राजेन्द्र लिङ्देनको पक्षमा खुलेका छन् । अभिनेत्री तथा राप्रपाकी केन्द्रीय सदस्य रेखा थापाले भने अध्यक्षमा राजेन्द्रलाई समर्थन गरेकी छन् । उनले राजेन्द्रका लागि खुलेरै भोट माग्न थालिसकेकी छन् । आइतवार उनले फेसबुकमा एक पोस्टर राख्दै राजेन्द्र लिङ्देनलाई अध्यक्षमा जिताउन आग्रह गरेकी छन् ।
 
केही दिनअघि राजेन्द्रले काठमाडौंको एक होटलमा उम्मेदवारी घोषणा गर्दा रेखा पनि उपस्थित थिइन् । काठमाडौं क्षेत्र नं. ४ बाट महाधिवेशन प्रतिनिधि बनेकी उनी राजेन्द्रको प्यानलबाट राप्रपाको पदाधिकारीमा उम्मेदवारी दिने तयारीमा छिन् । कुन पदमा उम्मेदवारी दिने भन्ने बारेमा अहिले उनले छलफल गरिरहेकी छन् । पार्टीलाई अब युवा नेतृत्वपंक्तिले हाँक्नु पर्ने उनको भनाई छ ।
 
२०७३ सालमा राप्रपा प्रवेश गर्दाको समयमा उनी कमल थापा निकट मानिएकी थिइन् । राप्रपा फुटेपछि भने उनी पशुपति सम्शेर राणाको राप्रपा (प्रजातान्त्रिक) को सह-महामन्त्री बनेकी थिइन् । पछि फेरि दुईटा राप्रपा एक भएपछि उनी केन्द्रीय सदस्य बनिन् । यसपटक राप्रपाको अध्यक्षमा पशुपतिले पनि राजेन्द्रलाई समर्थन गरेकाले रेखाले यही प्यानलबाट उम्मेदवारी दिन लागेकी हुन् ।
 

Most Visited News (monthly)