Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

अभिनेत्री रेश्मा घिमिरेले गरिन् बिहे

फिल्मीखबर, काठमाडौं, 2021/11/29
Reshma and Prabhat
 
अभिनेत्री तथा मोडल रेश्मा घिमिरे बैबाहिक जीवनमा बाँधिएकी छन् । उनले प्रभात बाबुसँग सोमवार विवाह गरेकी हुन् । अहिले विराटनगरको एक रिसोर्टमा उनीहरुले हिन्दू परम्परा अनुसार विवाह गरिरहेका छन् । रेश्मा र प्रभातको विवाह समारोहमा नायिका वर्षा राउत सहभागि छिन् । रेश्मा र वर्षा निकै मिल्ने साथी हुन् । अघिल्लो वर्ष प्रभात बाबुसँग रेश्माको इन्गेजमेन्ट भएको थियो । 
 
रेश्माका श्रीमान् प्रभात अमेरिकामा रहेर चिकित्सा विज्ञानको अध्ययन गरिरहेका छन् । रेश्मा भने अचेल म्यूजिक भिडियोमा व्यस्त छिन् । पेशाले नर्स समेत रहेकी उनले फिल्म ‘यो साइनो मायाको’ बाट अभिनेत्रीको रुपमा डेब्यू गरेकी थिइन् । तर, पहिलो फिल्म नै असफल भएपछि उनले नयाँ फिल्ममा काम गरेकी छैनन् । यद्यपि, उनलाई यतिबेला फिल्मबाट बाक्लै प्रस्ताव पुग्ने गरेको छ । 
 
फिल्मबाट दर्शकमाझ चिनिन नसकेकी रेश्मालाई टिकटकले रातारात चम्काएको थियो । टिकटकमा उनले बनाउने भिडियोलाई दर्शकहरुले निकै मन पराउने गरेका छन् । प्रायःले उनलाई ‘एक्सप्रेसन क्विन’ भन्ने गरेका छन् । टिकटकमा हिट भएपछि उनको म्यूजिक भिडियोमा माग बढेको हो । विराटनगरमै बस्ने गरेकी उनी प्रभातसँग सामाजिक सञ्जालको माध्यमबाट जोडिएकी थिइन् । 
Most Visited News (monthly)