Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

रिलिज अगावै ‘पुष्पा’ ले कमायो २ सय ५० करोड

एजेन्सी, मुम्बई, 2021/12/12
Allu Arjun
 
साउथ सुपरस्टार अल्लू अर्जुन र रश्मिका मन्दाना अभिनीत फिल्म ‘पुष्पा’ रिलिज हुन अब एक हप्ता पनि बाँकी छैन । तमिल, तेलुगु, हिन्दी, मलयालम र कन्नड भाषामा निर्माण भएको फिल्मलाई सुकुमारले निर्देशन गरेका हुन् । फिल्मको हाइप र बलियो स्टारकास्टका कारण रिलिजभन्दा अगावै निर्माताले लगानी उठाएका छन् । फिल्मको डिजिटल राइट्स महंगोमा विक्री भएको छ । 
 
फिल्मले ओटीटी र डिजिटल राइट्सबाट २ सय ५० करोड कमाएको भारतीय मिडियाले उल्लेख गरेका छन् । फिल्मको लगानी पनि २ सय ५० करोड नै हो । यसकारण फिल्मले थिएटरमा प्रदर्शनभन्दा अगाडि नै लगानी उठाएको छ । फिल्म अमेजन प्राइम भिडियो, अहा लगायतका ओटीटी प्लेटफर्ममा रिलिज हुँदैछ भने तेलुगु भाषाको टिभी ‘स्टार मा’ मा टेलिभिजन प्रिमियर हुँदैछ । 
 
१७ डिसेम्बरमा रिलिज हुन लागेको फिल्मको ट्रेलरलाई गजबको रेस्पोन्स मिलेको छ । फिल्मको कहानी रक्तचन्दन तस्करीको वरीपरी घुमेको छ । फिल्ममा भिलेनको भूमिकामा मलयालम स्टार फहाद फासिल छन् । दुई पार्टमा रिलिज हुने फिल्मको दोस्रो पार्टको पनि छायांकन पूरा भइसकेको छ । फिल्मको दुई पार्टका लागि अल्लू अर्जुनले भारु ३० करोड पारिश्रमिक बुझेका छन् ।
Most Visited News (monthly)